एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार खेलाडी छनोट


काठमाडौं, (खेलाडी)- एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन् । 

नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान दुई पुरुष र महिला गरी चार खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष्तर्फ ५५ केजीमुनि तौल समूहमा ताराबहादुर भुजेल र ६० केजीमुनि तौल समूहमा सुबोध मण्डल छनोट भए ।

त्यस्तै  महिलातर्फ ५२ केजीमुनि तौल समूहमा देवकीमाया श्रेष्ठ र ४८ केजी तौल समूहमा निशा श्रेष्ठ छनोट भए  ।

 चारै खेलाडी बन्दी सहायता गृह (पाम) का हुन् । च्याम्पियनसिप डिसेम्बर दुई देखी पाँच सम्म लेबननमा हुनेछ ।