वैशाख २६, २०८२ शुक्रबार | १२:५१:२१
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

आजदेखि सुरु हुँदै अफ्रिका कप अफ नेसन्स

याउन्डे । अफ्रिका कप अफ नेसन्सको सफल आयोजना गरेको ५० वर्षपछि क्यामरुन फेरि महादेशीय प्रतियोगिताको आयोजक बन्दैछ । आइतबार उद्घाटन खेलको ‘ह्विसिल’ बज्दै गर्दा आयोजक क्यामरुन कोभिड संन्त्रासले प्रतियोगितालाई असर नगर्ने आशासहित छैटौं पटक उपाधि उचाल्ने लक्ष्यमा समेत हुनेछ ।

आयोजक राष्ट्रले आइतबार याउन्डेस्थित ओलेम्बे रंगशालामा ६० हजार प्यारापिटमाझ सन् २०१३ को उपविजेता बुर्किना फासोविरुद्ध मैदान उत्रदैँछ ।

यद्यपि, साविक विजेता अल्जेरिया, साडियो मानेको सेनेगल र मोहम्मद सलाहको इजिप्टजस्ता देशविरुद्ध क्यामरुनको वास्तविक स्तरको परीक्षा हुनेछ ।

क्यामरुनले सन् २०१९ मा प्रतियोगिताको आयोजना अधिकार पाएको थियो । तर, आयोजनाको तयारी सुस्त भएपछि अफ्रिकी महादेशीय फुटबल संघले यो अधिकार इजिप्टलाई सुम्पिएको थियो । त्यस्तै प्रतियोगिताको ३३औं संस्करण पछिल्लो वर्ष हुनुपर्ने भए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।

युरोपका केही शीर्ष क्लबहरुले कोभिड महामारीलाई कारण देखाउँदै प्रतियोगिता फेरि स्थगित हुनुपर्ने चाहना व्यक्त गरे पनि दुई करोड ७० जनसंख्या रहेको मध्य अफ्रिकी राष्ट्र प्रतियोगितालाई निरन्तरता दिन कटिबद्ध छ ।

यो क्यामरुनका लागि परिस्थितीलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने समय हो, र क्यामरुनी प्रशिक्षक टोनी कोन्सेसाओ टोलीमाथि रहेको दबाबबारे जानकार छन् ।

‘मेरो सम्झौताका दौरान उनीहरुले कप अफ नेसन्सको कम्तिमा फाइनलसम्म पुग्नुपर्ने सर्त राखेका थिए,’ उनले भने, ‘क्यामरुनको इतिहास र समर्थकका कारण पनि यसका लागि हामी कटिबद्ध छौं । यसले केही दबाब थपे पनि हामी लक्ष्यसम्म पुग्न सक्नेमा विश्वस्त छौं । हाम्रो काँधमा ठूलो जिम्मेवारी थपिएको छ ।’

अफ्रिकी फुटबल अधिकारीहरू प्रतियोगितालाई कोभिड १९ को ‘हटस्पट’ बनाउन चाहँदैनन् । यसैकारण कोभिड नियन्त्रणका लागि कडा नियमन जारी गरेको संघले कुनै एक टोलीमा ११ खेलाडीमात्र रहे पनि प्रतिस्पर्धा गर्नैपर्ने नियम बनाएको छ ।

गाबोनका स्टार पेरी एम्रिक अबामियाङ कोभिड परीक्षण रिर्पोट पोजिटिभ आएपछि आइसोलेसनमा बसेका छन् । त्यस्तै अफ्रिका महादेशको शीर्ष स्थानको सेनेगल महत्वपूर्ण तीन खेलाडीबिनै यात्रा तय गरेको थियो । र, क्यामरुन भित्रिएको केही समयपछि टोलीका डिफेन्डर कालिडोउ कोउलिबेलीको कोभिड परीक्षण रिर्पोट पोजिटिभ आएको थियो ।

‘काण्ड’

आफ्नो टोलीका महत्त्वपूर्ण चार खेलाडी र मुख्य प्रशिक्षकमा कोभिड पुष्टि भएपछि बुर्किना फासोका कप्तान बेरट्र्यान्ड ट्राउरेले कोभिड परीक्षणको प्रक्रियालाई एक ‘काण्ड’ भएको बताएका थिए । बुर्किना फासोले आइतबार उद्धघाटन खेलअन्तर्गत आयोजन क्यामरुनको सामना गर्दै छ ।

‘यो एक काण्ड हो । हामी खेलको २४ घण्टा अगाडी टोलीका महत्वपूर्ण सदस्यबाट वञ्चित हुन सक्दैनौं,’ उनले भने, ‘यो बाध्यकारी नियम परिमार्जन हुन आवश्यक छ ।’

आन्तरिक चुनौती

प्रतियोगिताअन्तर्गत ट्युनिसिया, माली, मौरिटानिया र गाम्बियासम्मिलित समूह ‘एफ’ का खेलहरु क्यामरुनको पश्चिमी सहर लिम्बेमा हुने तालिका छ । माउन्ट क्यामरुन नजिकको तटीय सहर जुन पृथकतावादी अशान्तिको केन्द्रविन्दु पनि हो ।

त्यस्तै, उत्तरी क्यामरुनमा उग्रवादी जिहादीहरुका कारण समस्या हुनसक्ने देखिन्छ । जहाँको गरौआ सहरमा इजिप्ट र नाइजेरियाबीचको खेल हुने तालिका छ ।

कोभिड संक्रमणका कारण आयोजक क्यामरुनको खेलमा रंगशालाको क्षमताको ८० प्रतिसत र अन्य टोलीको खेल हुँदा ६० प्रतिशतमात्रै दर्शक अनुमती दिने आयोजकले निर्णय गरेको छ ।

फुटबलमै भिजेको क्यामरुनका दर्शकहरू घरेलु मैदानमा ५० वर्षपछि आयोजना हुन लागेको महादेशीय प्रतियोगिताको प्रत्यक्ष दर्शक बन्न आतुर छन् । क्यामरुनले यसअघि सन् १९७२ मा एक पटकमात्र प्रतियोगिता आयोजना अधिकार पाएको थियो । जतिबेला मात्र आठ टोलीको सहभागिता थियो ।

यद्यपि, रंगशाला प्रवेशका लागि दर्शकले अनिवार्य कोभिड  १९ विरुद्धको खोप लगाएको वा कोभिड परीक्षणको नेगेटिभ रिर्पोट देखाउनु पर्नेछ । तर, हालसम्म क्यामरुनका ६ प्रतिशत नागरिकले मात्र कोभिडविरुद्धको खोप लगाएका छन् ।

साखविहीन क्यामरुन

रोजर मिल्ला र स्यामुयल इटोजस्ता महान् खेलाडी जन्माएको क्यामरुनले अहिले भने गर्व गर्न लायक खेलाडी उत्पादन गर्न सकेको छैन । इटो हाल क्यामरुन फुटबल संघका अध्यक्ष बनेका छन् ।

क्यामरुनमा डच क्लब आयाक्सका गोलकिपर एन्ड्रे ओनाना र जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका स्ट्राइकर एरिक म्याक्सिम चुपो मोन्टिङजस्ता खेलाडी छन् । तर, अन्य अफ्रिकी खेलाडीको तुलनामा उनीहरू कम चर्चित खेलाडी हुन् ।

प्रतियोगिताको एक प्रवल दाबेदार सेनेगलमा इङ्लिस महारथी लिभरपुलका फरवार्ड मानेसँगै चेल्सीका गोलकिपर एडुवार्डो मेन्डी र पेरिस सेन्ट जर्मन (पिएसजी) का मिडफिल्डर इद्रिसा ग्वेजस्ता स्टार खेलाडी छन् ।

यस्तै ३३ खेलसम्म अपराजित अल्जेरियामा म्यानचेस्टर सिटीका फरवार्ड रियाड मारेजको प्रतिनिधित्व रहँदा मोरक्कोबाट पिएसजीका डिफेन्डर अक्रफ हाकिमी र सेभियाका गोलकिपर यासिने बोउनोउ मैदान उत्रनेछन् ।

नाइजेरिया भने नापोलीका स्ट्राइकर भिक्टर ओसिम्हेन र वाटफोर्डका इमानुयल डेनिजबिनै क्यामरुन पुगेको छ ।

यी ठूला नामबाहेक कप अफ नेसन्समा फिफा वरियतामा एक सय ४८औं स्थानको गाम्बिया र इन्डियन ओसियन टापू कोमोरोसले ‘डेब्यु’ गर्दैछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP