माघ १७, २०८२ शनिबार | ०३:१३:१८
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

प्रथम अनमोल स्मृति बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सलाई

काठमाडौं । फाइनलमा रोयललाई ७०–६७ ले पराजित गर्दै टाइम्सले शनिबार प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । टाइम्सले शतप्रतिसत जितसहित उपाधि उचालेको हो ।

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सकाे  जितमा मनीष केसीले २० स्कोर गरे । प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका मनिषले १० हजार नगद पुरस्कार पाए ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ स्कोर गरे । 
रोयलविरुद्ध टाइम्स तीन क्वाटरमा पछि परेको थियो । टाइम्स पहिलोमा १४–१६, दोश्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेश्रो क्वाटरमा २६–१४ को अग्रता लिदै टाइम्सले उपाधि निश्चित ग¥यो । उपाधिसंगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

विजेतालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, बीएमकेका अध्यक्ष हरि अधिकारी, शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवाले, शिव सेना नेपाल, काठमाडौंका अध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए । पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।