नेपाललाई अन्तर्राष्‍ट्रिय पिकलबल महासंघको सदस्यता

काठमाडौं, (खेलाडी)- नेपाल पिकलबल संघले अन्तराष्‍ट्रिय पिकलबल महासंघको सदस्यता प्राप्त गरेको छ । 

अन्तर्राष्‍ट्रिय पिकलबल महासंघले नेपाललाई ५०औं संगठित सदस्यको रुपमा मान्यता प्राप्त गरेको बुधबार नेपाल पिकलबल संघले जनाएको छ ।

संघका अध्यक्ष उमेश आचार्यका अनुसार नेपालले महासंघको सदस्यता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका कारण अन्तर्राष्‍ट्रिय पिकलबल परिवारको हिस्सा हुन पाएको हो । 

टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको संयुक्त रुपको खेल नेपालका करिव २ वर्ष अगाडी बेलायतमा बसोवास गर्ने एनआरएन नवीन गुरुङले भित्रयाएका थिए । 

१९६५मा अमेरिकाबाट सुरु भएको यो खेल सस्तो र सवै उमेर समूहका लागि सहज भएका कारण उत्तर अमेरिकी राज्यमा निकै नै लोकप्रिय छ । यो खेलमा एकल र युगल दुवै प्रतिस्पर्धा हुनेछ भने ११, १५ र २१ स्कोरमा हार जितको निर्णय हुन्छ । 

नेपालमा सन २०१९ सेप्‍टेम्बरमा ग्यालेक्सी स्कुलमा इन्डो नेपाल पिकलबल च्याम्पियनसिप आयोजना गरिएको थियो । यस्तै त्यसको लगतै भारतको देहरादुनमा इन्डो नेपाल पिकलबल च्याम्पियनसिपको समेत आयोजना भइसकेको छ ।