पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनमा सुमन र रसिला च्याम्पियन

काठमाडौं । सोलुखुम्बुका सुमन कुलङ राईले चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि जितेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार दुई  सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी एकघण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पूरा गर्दै च्याम्पियन बने ।

आर्मीका गोपाल तामाङ र श्रीकास राईले निर्धारित दुरी क्रमश दुई घण्टा २९ सेकेण्ड र दुई घण्टा एक मिनेट ४० सेकेण्डमा पूरा गर्दै दोस्रो र तेस्रो भए । 

महिलातर्फ धादिङकी रसिला तामाङले निर्धारित दुरी दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन भइन । सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो र प्युठानकी सरिता बुढामगर तेस्रो भइन् ।

दुवै विधातर्फका विजेता, उपविजेता र तेस्रो स्थानका खेलाडीले क्रमशः ५० हजार रुपैया, ३० हजार रुपैयाँ र २० हजार रुपैया हात पारे ।

त्यस्तै भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ च्यामिपयन बने ।