चैत्र १३, २०८२ शुक्रबार | ११:४५:०२
बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

जसरी पनि जित्नु थियो, जित्यौं: प्रशिक्षक कट्वाल

काठमाडौं । मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कट्वालले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध जित्नै पर्ने दबाबमा आफ्नो टीम सफल भएको बताएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको उपाधि होड र एएफसी कपमा छनोटका लागि महत्त्वपूर्ण रहेको मनाङविरुद्धको खेल अन्तिम समयमा आकर्षक गोल गर्दै मछिन्द्रले आफ्नो पक्षमा पारेको थियो ।

निक्कै रस्साकस्सीपूर्ण खेलको इन्जुरी समयमा प्राप्त फ्रिकिकलाई दर्शनीय गोलमा परिणत गर्दै राष्ट्रिय टोलीका युवा स्टार सुनिन बलले मछिन्द्रको जितको कथा रचेका थिए ।

करिब ३५ यार्डको दुरीमा प्राप्त फ्रिकिकमा सुनिलको प्रहारले विपक्षी गोलकिपर विशाल सुनारलाई कुनै मौका नदिई जाली चुमेको थियो । सुनिलले प्रहार गरेको बल तिब्र गतिमा पोस्टतर्फ आउँदा विशाल प्रतिकृयाविहीन भएका थिए ।

जितपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कट्वालले आजको खेल एकदमै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

'गोलका लागि निरन्तर प्रयास गरे पनि फिनिसिङ भइरहेको थिएन,' उनले भने, 'अन्तिममा फ्रिकिकमा गोल भयो, जसरी पनि जित्नु थियो, जित्यौं ।'

पराजित टोली मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बराबरी मात्रै हाम्रा लागि पर्याप्त हुन्छ भन्ने ख्याल नगर्दा पराजित हुनु परेको बताए ।

'हाम्रा लागि एएफसी कप छनोटसम्म पुग्नका लागि बराबरी मात्रै काफी हुने थियो, त्यो ख्याल नगरेर तीन अंकका लागि खेल्यौं जसका कारण पराजित हुनुपर्यो,' उनले भने, 'तर, अझै गणितीय सम्भावना बाँकी छ ।'

मनाङले अर्को खेलमा जित हासिल गरेर मछिन्द्रले अंक गुमायो वा बराबरी खेल्यो भने मनाङको सम्भावना कायम रहनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो