माघ १६, २०८२ शुक्रबार | १५:१३:१५
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

जसरी पनि जित्नु थियो, जित्यौं: प्रशिक्षक कट्वाल

काठमाडौं । मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कट्वालले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध जित्नै पर्ने दबाबमा आफ्नो टीम सफल भएको बताएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको उपाधि होड र एएफसी कपमा छनोटका लागि महत्त्वपूर्ण रहेको मनाङविरुद्धको खेल अन्तिम समयमा आकर्षक गोल गर्दै मछिन्द्रले आफ्नो पक्षमा पारेको थियो ।

निक्कै रस्साकस्सीपूर्ण खेलको इन्जुरी समयमा प्राप्त फ्रिकिकलाई दर्शनीय गोलमा परिणत गर्दै राष्ट्रिय टोलीका युवा स्टार सुनिन बलले मछिन्द्रको जितको कथा रचेका थिए ।

करिब ३५ यार्डको दुरीमा प्राप्त फ्रिकिकमा सुनिलको प्रहारले विपक्षी गोलकिपर विशाल सुनारलाई कुनै मौका नदिई जाली चुमेको थियो । सुनिलले प्रहार गरेको बल तिब्र गतिमा पोस्टतर्फ आउँदा विशाल प्रतिकृयाविहीन भएका थिए ।

जितपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कट्वालले आजको खेल एकदमै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

'गोलका लागि निरन्तर प्रयास गरे पनि फिनिसिङ भइरहेको थिएन,' उनले भने, 'अन्तिममा फ्रिकिकमा गोल भयो, जसरी पनि जित्नु थियो, जित्यौं ।'

पराजित टोली मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बराबरी मात्रै हाम्रा लागि पर्याप्त हुन्छ भन्ने ख्याल नगर्दा पराजित हुनु परेको बताए ।

'हाम्रा लागि एएफसी कप छनोटसम्म पुग्नका लागि बराबरी मात्रै काफी हुने थियो, त्यो ख्याल नगरेर तीन अंकका लागि खेल्यौं जसका कारण पराजित हुनुपर्यो,' उनले भने, 'तर, अझै गणितीय सम्भावना बाँकी छ ।'

मनाङले अर्को खेलमा जित हासिल गरेर मछिन्द्रले अंक गुमायो वा बराबरी खेल्यो भने मनाङको सम्भावना कायम रहनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।