माघ १७, २०८२ शनिबार | १५:४१:२८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आर्मीको जितमा दिनेशको निर्णायक गोल

काठमाडौं । दिनेश हेन्जनको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो । १७औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।

सातौं मिनेटमा स्टेफन समिरको पासमा एनआरटीका फरवार्ड राजेश परियारले पेनाल्टी एरियाको एजबाट गरेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । १६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतीले रोकेका थिए ।

५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए । लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन् ।

६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले । भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने ।

६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन् ।

७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुश्किलले पन्च गरि फ्याके ।

जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत छ । आर्मीले तीनमा जित र पाँच खेलमा बराबरीकाे नतिजा आत्मसाथ गरेकाे छ ।

आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । एनआरटीले दुईमा जित, चारमा बराबर र दुई खेलमा हार बेहाेरेकाे छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।