चैत्र ८, २०८२ आइतबार | १३:४८:४२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

आर्मीको जितमा दिनेशको निर्णायक गोल

काठमाडौं । दिनेश हेन्जनको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणमा न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो । १७औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।

सातौं मिनेटमा स्टेफन समिरको पासमा एनआरटीका फरवार्ड राजेश परियारले पेनाल्टी एरियाको एजबाट गरेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । १६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतीले रोकेका थिए ।

५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए । लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन् ।

६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले । भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने ।

६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन् ।

७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुश्किलले पन्च गरि फ्याके ।

जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत छ । आर्मीले तीनमा जित र पाँच खेलमा बराबरीकाे नतिजा आत्मसाथ गरेकाे छ ।

आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । एनआरटीले दुईमा जित, चारमा बराबर र दुई खेलमा हार बेहाेरेकाे छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो