माघ १७, २०८२ शनिबार | १७:३९:५४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई

काठमाडौ‍ । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दूत(गुडवील एम्वासडर) भएकी छिन् ।

मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दूतका रुपमा मिरा रारा म्याराथनमा समेत सहभागी हुनेछिन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्’, मिराले भनिन् ।

मिरा राईले निःशुल्क रुपमा यस म्याराथनको सद्भावना दूतको रुपमा काम गर्नेछिन् । ‘नयाँ खेलाडीलाई अवसर मिल्ने भएकाले रारा म्याराथनमा म निशुल्क रुपमा काम गर्न लागेको हुँ’, मिराले भनिन् ।

मिरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मिरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ विजेता हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मिरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए ।

 उनले भने, ‘मिरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र  अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।'

‘जुम्ला विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया दाईको ठाँउ हो, उहाँको मार्ग निर्देशनमा हामी अघि बढिरहेका छौं, अध्यक्ष शाहले भने, ‘जुम्लामा हरीदाईको अनुभव लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै ठूलो अवसर हुनेछ, सबै खेलाडीका लागि त छँदैछ ।’

रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने  अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य हुनेछ ।

अन्तराल विगत १५ वर्षदेखि खेलकुद, इभेन्ट म्यानेजमेन्ट,गीत संगीत,फोटोग्राफी, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनका काम गरिरहेको संस्था हो । 

म्याराथनलाई भव्यता दिन सबैपक्षसँग छलफल अघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट कोअर्डिनेटर चक्र बहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।