चैत्र १३, २०८२ शुक्रबार | ०८:१५:५६
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

एसेस टेस्ट शृंखलाः चौथो खेल बराबरी

सिड्नी । तल्लो क्रमका ब्याटरले सम्हालिएको प्रदर्शन गरेपछि इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखलाको चौथो खेल बराबरीमा टुङ्याएको छ ।

जितका लागि इङ्ल्यान्डले तीन सय ८८ रनको लक्ष्य पाएको थियो । पाँचौ दिनको खेल समाप्तीमा इङ्ल्यान्ड २७०–९ को स्थितीमा रहेपछि चौथो खेल बराबरीमा सकिएको हो ।

अस्ट्रेलियाले सुरुआती तीन खेल जित्दै एसेस टेस्ट शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ ।

दोस्रो इनिङमा इङ्ल्यान्डका ओपनर ज्याक क्रले ७७ र बेन स्टोक्सले ६० रनको योगदान दिए । एक सय बलको सामना गरेका क्रले १३ चौका प्रहार गर्दा स्टोक्सले एक सय २३ बलमा १० चौका र एक छक्का प्रहार गरे । 

त्यस्तै जोनी बेयरस्टोले ४१ रन जोडे । १९३–५ मा रहेको इङ्ल्यान्डले थप ४५ रन जोड्दा तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । बेयरस्टो पबेलियन फर्किएपछि ब्याटिङका लागि आएका ज्याक लिच र स्टुवार्ट ब्रोडले सम्हालिएको प्रदर्शन गरेपछि इङ्ल्यान्डले हारको संकट टारेको थियो ।

अस्ट्रेलियाका स्कट बोल्यान्डले तीन,प्याट कमिङस् र नाथन लियोनले समान दुई तथा स्टिभ स्थिम र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

यसअघि ४१६–८ मा अस्ट्रेलियाले पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । इङ्ल्यान्ड भने पहिलो इनिङ्मा दुई सय ९४ रनमा सीमित भएसँगै एक सयि २२ रनले पछि परेको थियो । 

अस्ट्रेलियाले २६५–६ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले जितका लागि तीन सय ८८ रनको लक्ष्य प्राप्त गरेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो