असार २६, २०८२ बिहीबार | ०८:३५:४२
रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला

थ्री स्टारविरुद्ध हिमालयन शेर्पाः दुवैलाई जित लय कायम राख्ने अवसर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबको सामना गर्दा  थ्री स्टार क्लब जितको लय कायम राख्न चाहन्छ ।

पहिलो खेलमा च्यासलमाथि जित हात पारेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग स्तब्ध भएको थियो । तेस्रो देखी छैटौ खेल सम्म  थ्री स्टार चार खेलमा मात्र चार अंक बटुलेसँगै दबाबमा आएको थियो । 

सातौ चरणमा जावलाखेल युथ क्लबमाथिको जितले भने थ्री स्टारलाई जितको लयमा फर्काउनुका साथै टोलीको मनोबल पनि उच्च पारेको प्रशिक्षक उज्जन श्रेष्ठ बताउँछन् ।

‘हामीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न ल्याउन सकिरहेका थिएनौ,’ उज्जनले भने, ‘जावलाखेलविरुद्धको जितपछि टोली लयमा फर्किएको जस्तो लाग्छ । टोलीको मनोबल बढेको छ । आशा छ यो लयले अब बाँकी रहेका अन्य चरणमा निरन्तरता पाउँछ र टोली राम्रो स्थानमा बसेर सिजनको अन्त्य गर्नेछ ।’

उज्जनले हिमालयन शेर्पा क्लब पछिल्लो केही खेलहरुमा उत्कृष्ट लयमा रहे पनि आफ्नो टोली उनीहरुलाई पराजित गर्न सक्षम रहेको बताए ।

‘तयारी राम्रो छ । हामी हिमालयन शेर्पामाथि सुखद नतिजा ल्याउन सक्षम टोली हौ’,उज्जनले भने ।

थ्री स्टार सात खेलमा १० अंकसहित छैटौं स्थानमा छ भने हिमालयन शेर्पा समान खेलमा ११ अंक जोड्दै पाँचौ स्थानमा छ ।

हिमालयन शेर्पाले पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको छ । त्यसैले थ्री स्टारविरुद्ध पनि हिमालयन शेर्पा जित लयको निरन्तरता चाहन्छ ।
 


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA