नेपालको ओलम्पिक अभियानलाई दराजले सघाउने

काठमाडौं, (खेलाडी)- जापानमा डेढ महिनापछि हुने टोकियो ओलम्पिक २०२० दौरान नेपालमा ओलम्पिक गतिविधि प्रवर्धनका लागि नेपाल ओलम्पिक कमिटी र अलिबाबा ग्रुपअन्तर्गतको दराज कम्पनीबीच सम्झौता भएको छ । 

नेपाल ओलम्पिक कमिटीले जनाएअनुसार सम्झौतापत्रमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्‍ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार दराजले नेपालमा ओलम्पिक अभियान सञ्‍चालन, खेलाडीको प्रवर्धनलगायतका कार्यक्रमहरुमा ओलम्पिक कमिटीलाई सघाउने छ । सम्झौताअनुसार ओलम्पिक कमिटीले दराजको व्यापार प्रवर्धनमा गर्ने योगदान र दराजले ओलम्पिक कमिटीलाई सघाउने विषयवारे भने प्रष्‍ट पारिएको छैन ।