ओलम्पिक दिवसमा आज विभिन्‍न कार्यक्रम

काठमाडौं, (खेलाडी)- आधुनिक ओलम्पिकको स्थापना स्मरण गर्ने क्रममा प्रत्येक वर्ष मनाइने ओलम्पिक दिवस मनाउने क्रमले नेपालमा आइतबार पनि निरन्तरता पायो । 

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्टस् फर अल कमिसनको संयोजनमा नेपालमा विभिन्‍न कार्यक्रमसहित शनिबार ओलम्पिक दिवस मनाउन सुरु गरिएको थियो । यो वर्ष पाँच दिनसम्म मनाइने ओलम्पिक दिवसअन्तर्गत आज विभिन्‍न जिल्लामा गरी १३ कार्यक्रम भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

कमिटीका अनुसार आज कञ्‍चनपुरमा जिल्ला खेलकुद विकास समितिले, सातदोबाटोस्थित सुटिङ रेञ्‍जमा नेपाल सुटिङ संघले कार्यक्रम गरेका थिए ।  

यस्तै धन्यन्तरी फुटसल, हाँडीगाउँमा रहेको ब्याडमिन्टन कोर्टमा ओलम्पिक दिवसका अवसरमा क्लब ५० नेपालको आयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो ।