चैत्र ११, २०८२ बुधबार | ०७:०१:२५
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास

काठमाडौं । नेपाल कराते महासंघ(एनकेएफ)का अध्यक्ष युवराज लामाको थिचोमिचो सहन नसक्दा साग खेलकुदका स्वर्णधारी कराते खेलाडी विप्लवलाल श्रेष्ठले खेलजीवनबाट संन्यासको घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै २९ वर्षीय विप्लवले आफूलाई अध्यक्ष लामाले पक्षपात गर्दै आएका कारण खेलजीवनबाट संन्यास लिने निर्णयमा पुगेको बताए ।

‘कराते मेरो जीवनको अभिन्न अंग हो । यही खेलमा समर्पित रहेर मैले देशका लागि कयौं उपलब्धि हासिल गरेको छु । तर, म आज खेलजीवनको अन्त्य गर्ने निर्णयमा पुगेको छु,’ विप्लवलालले भने, ‘मलाई यो निर्णय लिन गाह्रो भइरहेको छ । अहिले मेरो संन्यास लिने उमेर पनि भएको छैन ।’

अध्यक्ष लामाले आफुलाई भेदभाव गर्दा आफू मानसिक रूपमा खेल्न नसक्ने अवस्थामा पुगेको विप्लवको प्रतिक्रिया थियो । भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिप र थाइल्यान्डमा सम्पन्न छैटौं इन्डोर एसियाली च्याम्पियनसिपमा आफ्नो स्थानमा अयोग्य खेलाडी लगेको विप्लवको बुझाइ छ । यसबीच भुटानमा अस्वस्थताका बावजुद देशका लागि स्वर्ण पदक दिलाउँदा बधाई तथा ढाडस दिनुको सट्टा नकारात्मक टिप्पणी दिएको विप्लवले बताए ।

‘थाइल्यान्डमा मेरो तौलसमूहमा मलाई लगिएन । मलाई यो कुराले निकै गाह्रो बनायो । पछि किन नलगिएको भनेर बुझ्दा युवराज (लामा) गुरुले खेल खस्किएका कारण लान नसकेको बाहाना बनाउनुभयो । जसका कारण म हतोत्साहित बनेँ,’ विप्लवले दुखेसो पोखे, ‘भुटानमा मलाई १०१ को ज्वरो आइरहेको थियो । त्यसका बावजुद मैले देशको प्रतिष्ठाका लागि म्याटमा उत्रिँए । अनि देशका लागि स्वर्ण पदक दिलाएँ । प्रतिउत्तर मा मनै खिन्न हुने टिप्पणी पाएँ ?’

लामा र विप्लवको सम्बन्ध एनएसजेएफले वर्षेनी आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणबाट चिसिएको बुझिएको छ । विप्लव एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनयोनमा पर्न सफल भएका थिए । पाँच खेलाडीमध्ये विप्लव चौंथो स्थानमा रहेका थिए । यो अवार्ड जित्न अन्य खेल संघले आवश्यक प्रचार प्रसार गर्दा कराते महासंघ निष्क्रिय रहँदा आफू निराश बन्न पुगेको विप्लवले आरोप लगाए । प्रचार प्रसारमा महासंघको निष्क्रियपनले उनलाई जति मन दुखाएको थियो, त्यो भन्दा बढी पीडा अध्यक्षको प्रतिक्रियाले उनलाई दियो ।

चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खलकुदमा कुमुते ८४ केजी तौलसमूहअन्तर्गत कांस्य पदक बाउटमा पराजित भएपछि विप्लवलाल श्रेष्ठ ।

‘गुरुले पिपल्स च्वाइसका लागि म अयोग्य रहेको प्रतिक्रिया दिनुभयो । मभन्दा योग्य अन्य खेलाडी रहेको उनले मुखैमा मलाई भन्नुभएको थियो । त्यो दिन सम्झँदा अहिले पनि मेरो मन रुन्छ,’ विप्लव भावुक हुन्छन् ।

जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुदको तयारीस्वरुप अहिले राष्ट्रिय खेलकुद परिषद (राखेप) विभिन्न खेल संघको सिफारिसमा मिसन २०२६ अन्तर्गत खेलाडीलाई बन्द प्रशिक्षण दिइरहेको छ । विप्लव यसमा अटाइएका थिएनन् । ‘मेरो तौलसमूहमा मैले स्वर्ण जित्दा पनि मलाई मिसन २०२६ मा समावेश गराइएन । यसका लागि महासंघले छनोट नै नगरी अयोग्य खेलाडी सामेल गरिएको छ,’ विप्लवले भने ।

विप्लबले पारिवारिक कारण २०२३ को डिसेम्बरमा घरेलु भूमिमा सम्पन्न सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप गुमाएका थिए । पिछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएका विप्लव आसन्न १०औं राष्ट्रिय खेलकुदमा विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्न तयारीका लागि नेपाल फर्किएका थिए । तर, खेलकुदको कुम्भमेला सुरु हुन दुई महिना बाँकी रहेको स्थितिमा विप्लव करियरलाई विश्राम दिने निर्णयमा पुगेका हुन् ।

घरेलु करातेमा विप्लव नाम कहलिएका नाम हुन् । विप्लवले राष्ट्रिय खेलकुद, राष्ट्रिय कराते च्याम्पियनसिप, कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता, वीर गणेशमान सिंह स्मृति राष्ट्रिय किकिबक्सिङ प्रतियोगिता, एनआरएन राष्ट्रिय कराते, एसियाली खेलकुद छनोट, दक्षिण एसियाली खेलकुद छनोटलगायतका विभिन्न राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि आधा दर्जनभन्दा बढी पदक दिलाएका विप्लवले २०१९ मा घरेलु भूमिमा सम्पन्न १३औं साग खेलकुदमा देशका लागि स्वर्ण पदक दिलाएका थिए । उनले चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खलकुदमा कुमुते दुई बाउट जित्न सफल भएका थिए । कुमुते ८४ केजी तौलसमूहमा विप्लव कांस्य पदक बाउटमा पराजित भएका थिए । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा कुमुतेको खुल्ला तौलतर्फ स्वर्ण जितेका विप्लव अब भने म्याटमा देखिने छैनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो