माघ १८, २०८२ आइतबार | १०:०७:१५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

प्रहरीको वर्चस्व कायमै

पुरुष टिम कातामा पदक विजेता लगायत ।

काठमाडौं । नेपाल प्रहरीले चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पनि आफ्नो वर्चस्वलाई कायम राखेको छ । 

कुमुतेतर्फ शनिबार भएको सात स्पर्धामा प्रहरीले ६ स्वर्ण र एपिएफले एक स्वर्ण पदक जिते ।‌

हालसम्म १२ वटा स्वर्ण पदकको छिनोफानो हुँदा प्रहरीले १० तथा आर्मी र एपिएफले समान एक स्वर्ण पदक प्राप्त गरेका छन् ।

ललितपुरस्थित कराते एकेडेमीमा शनिबार भएको ७५ केजी तौल समुहमा १३औं दक्षिण एसियाली खेलकुदका कांस्य पदक विजेता प्रहरीका राजीव पुडासैनीले सुदूरपश्चिमका योगेशसिंह विष्टलाई पराजित गर्दै स्वर्ण पदक जिते । आर्मीका शिवु ओड र रुरेहाङ्ग डुमीराईले कांस्य  पदक हात पारे ।

पुरुष ६७ केजीमुनिमा पाल प्रहरीका सन्तोष श्रेष्ठले एकपक्षीय फाइनलमा गण्डकी प्रदेशका सक्षम लामालाई ९-० को अन्तरमा हराउँदै स्वर्ण पदक जिते । सुदूर पश्चिमका खड्ग थामीमगर र कोशी प्रदेशका मनीष विक तेस्रो भए ।

५० केजीमा प्रहरीका साजन मोक्तान पहिलो भए । उनले फाइनलमा बागमतीका लेख राज घिमिरेलाई प्रतिस्पर्धात्मक फाइनलमा ७-५ ले माथ दिए । यो स्पर्धामा गण्डकी प्रदेशका बोमिन गुरूङ र मधेश प्रदेशका सोहन मगरले तेस्रो स्थान हासिल गरे ।

पुरुष ८४ केजीमा पदक विजेता लगायत । 

पुरुष ८४ केजीतर्फ मोहम्मद शेखु अलामले एपिएफलाई पहिलो स्वर्ण दिलाए । उनले फाइनलमा कोशीका धन राईलाई सहजै ९२ ले हराए । आर्मीका सुरेश जप्रेल र बागमती प्रदेशका सलमान मोहम्मदले कांस्य पदक प्राप्त गरे ।

महिला ५५ केजीमा प्रहरीकी पुष्पका लामाले स्वर्ण जित्ने क्रममा कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ५-० ले पराजित गरिन् । गण्डकीकी प्रभा राई र सुदुरपश्चिमकी गरीमा मल्ल तेस्रो भए ।

४५ केजीमा लुम्बिनी प्रदेशकी पूजा राईलाई ११-३ ले हराउँदै प्रहरीकी वर्षा बुढामगर पहिलो भइन् । गण्डकीकी सबुना राना मगर र आर्मीकी ममता महर्जन तेस्रो स्थानमा रहे ।

६१ केजीमा प्रहरीकी निरूपा दोङ तामाङले सुदुरपश्चिमकी सोनिया तिरूवा लाई ९-१ ले पराजित  गर्दै स्वर्ण पदक चुमिन् । यो स्पर्धामा एपिएफकी रमिता माझी र कोशी प्रदेशकी धन कुमारी मगरले तेस्रो स्थान हात पारे ।

प्रतियोगिताको अन्तिम दिन आइतबार पाँच स्वर्ण पदकको छिनोफानो हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।