माघ १८, २०८२ आइतबार | १५:०३:३४
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

नेपाल च्याम्पियन

काठमाडौं । भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै च्याम्पियन बनेको छ ।

यसैगरी भारत २७ स्वर्ण,२० रजत र १३ कांस्य पदकसहित दोश्रो, श्रीलंका पाँच स्वर्ण,१८ रजत र ३१ कांस्य पदकसहित तेश्रो, आयोजक भुटान पाँच रजत र ३७ कांस्य पदकका साथ चौथो भएको थिम्पुबाट नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए  ।

प्रतियोगिताको अन्तिम दिन नेपालबाट पुरुष क्याडेटतर्फ ५२ किलोमुनिमा समन श्रेष्ठ, ६३ किलो मुनिमा साहिल राई र जुनियरतर्फ ६८ किलोमुनिमा निशान तामाङले स्वर्ण पदक जिते ।

यसैगरी यु-२१, ८४ किलो मुनिमा गौरव नेपाल, ८४ किलोमाथिमा आशिष श्रेष्ठ, पुरुष कै सिनियरतर्फ ५५ किलोमुनिमा एलोन श्रेष्ठ,६७ किलोमुनिमा सन्तोष श्रेष्ठ, ८४ किलोमुनिममा मोहम्मद सेखु आलम र ८४ किलोमाथिमा विप्लबलाल श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

क्याडेटको महिलातर्फ ४२ किलोमुनिमा वर्षा राई, ४७ किलोमुनिमा प्रोसिया चौधरी, ६१ किलोमुनिमा मनिषाकुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमुनिमा सुस्मिता वाइबा, ५३ किलोमुनिमा समिक्षा ढुंगाना,यु-२१ को ४५ किलोमुनिमा प्रियन्का शाही, ५० किलोमुनिमा अन्जली महर्जन ५५ किलोमुनिमा जिया कार्कीले स्वर्ण पदक चुमे ।

महिला सिनियरतर्फ ४५ किलोमुनिमा वर्षा बुढामगर, ६१ किलोमुनिमा निरुपा तामाङ र ६८ किलो माथिमा १ औं एसियाली खेलकुदकी रजत पदक बिजेता एरिका गुरुङले नेपाल लाई स्वर्ण पदक दिलाए ।

यस्तै महिलातर्फ टिम कुमितेमा स्वर्ण जितेको नेपाल पुरुषतर्फ दोश्रो स्थानमा रह्यो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।