काठमाडौं । नेपाल हक्की संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हक्की प्रतियोगिता हुने भएको छ ।
शनिबार भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
समूह ‘ए ’मा कोशी, बागमती र सुगूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेश पछन् । फाइभ ‘ए’ साइडमा हक्की २० मिनेटको हुनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
