कार्तिक १८, २०८२ मंगलबार | ०१:२८:५०
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

आर्मी र गण्डकी उपाधि नजिक

पुलिस (नीलो) र गण्डकी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

च्यासल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपिएफ क्लबलाई ६–०ले पराजित गर्यो । आर्मीका कासीराज राईले ह्याट्रिक गर्दा राजेन्द्र कार्कीले दुई तथा प्रदीप राजवंशीले एक गोल थपे ।

आर्मी दोहोरो उपाधि नजिक पुगेको छ । सोमबार महिलातर्फ आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा २-१ ले हरायो । निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके ।

यता प्रहरीबाट सुरज बोहराले गोल गर्दा नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA