काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ ।
बुधबार च्यासल मैदानमा सम्पन्न फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २-० ले पराजित गर्यो । आर्मीका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे ।
आर्मीले प्रतियोगितामा गण्डकीलाई दोस्रो पटक पराजित गरेको हो । समूह चरणको खेलमा पनि आर्मी ३-० ले विजयी भएको थियो ।
यसैगरी नेपाल पुलिस क्लब तेस्रो भयो । शीर्ष तीनले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार रुपैयाँ प्राप्त गरे ।
सेमिफाइनलमा आर्मीले एपिएफ तथा गण्डकीले पुलिसलाई पराजित गरेका थिए ।
आर्मीले दोहोरो उपाधि जितेको हो । सोमबार महिलातर्फ आर्मी गण्डकीलाई नै हराउदै च्याम्पियन बनेको थियो ।
भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL