काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ ।
बुधबार च्यासल मैदानमा सम्पन्न फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २-० ले पराजित गर्यो । आर्मीका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे ।
आर्मीले प्रतियोगितामा गण्डकीलाई दोस्रो पटक पराजित गरेको हो । समूह चरणको खेलमा पनि आर्मी ३-० ले विजयी भएको थियो ।
यसैगरी नेपाल पुलिस क्लब तेस्रो भयो । शीर्ष तीनले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार रुपैयाँ प्राप्त गरे ।
सेमिफाइनलमा आर्मीले एपिएफ तथा गण्डकीले पुलिसलाई पराजित गरेका थिए ।
आर्मीले दोहोरो उपाधि जितेको हो । सोमबार महिलातर्फ आर्मी गण्डकीलाई नै हराउदै च्याम्पियन बनेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
