फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:३०
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड

च्याम्पियन नेपाल ‘ए’ का राहुल विश्वकर्मा र सद्भाव आचार्य (दायाँ) ।

काठमाडौं । सद्भाव आचार्यको कोर्स रेकर्डप्रेरित नेपाल ’ए’ ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा च्याम्पियन बनेको छ ।

नेपाल ’ए’ का सद्भाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४-अन्डर २६४ को स्कोरमा स्वर्ण पदक जित्यो ।

गोकर्ण गल्फ क्लबमा बुधबार सद्भावले १२-अन्डर ६० को स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए । राहुलले आज ४-अन्डर ६८ स्कोर गरे । नेपाल ’ए’ ले आज १६-अन्डर १०८ को स्कोर गर्दै भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले पछि पार्यो ।

निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकमा रजत पदक हात पार्यो । समान इभन-पार २८८ मा  भुटानसँग बराबरी भए पनि काउन्ट ब्याकमा पछि पर्दा सफिकुल इश्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बंगलादेशी टोलीले कांस्य पदक प्राप्त गर्यो ।

च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा सद्भाव आचार्य शीर्ष स्थानमा कायमै छन् । ३६ होलको समाप्तीमा समग्रमा १८-अन्डर १२६ को स्कोरमा सद्भावले भारतका सुमित कोटवाललाई आठ स्ट्रोकले पछि पारेका छन् ।

सद्भावनले प्रोफेसनल गल्फर शुक्रबहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन् । शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए ।

कोर्स रेकर्ड बनाउने क्रममा सद्भावले १२ बर्डी प्रहार गरे।  फ्रन्ट र ब्याक नाइन दुवैमा ६-अन्डर ३० को स्कोर निकाले । स्दभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरुआत गरेका थिए ।  त्यसपछि तेस्रो देखि छैटौं होलमा लगातार चार र नवौं होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे।

त्यसपछि ११औं देखि १५औं होलमा लगातार पाँच बर्डी प्रहार गर्दा उनले शुक्रको रेकर्ड बराबरी गरेका थिए । १६औं र १७औं होलमा पार जोगाए । १८औं होलको बर्डीले  सद्भाव कोर्स रेकर्ड बनाउन सफल भएका हुन् ।

दोस्रो स्थानमा उक्लिएका सुमितले समग्रमा १०-अन्डर १३४ स्कोर गरे। उनले आज ८-अन्डर ६४ को स्कोर दर्ज गरे ।  पहिलो, दोस्रो, चौथों, छैटौं, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ६-अन्डर ३० मा सकाए । ब्याक नाइनमा पनि सुमितले ११, १२, १५ र १८औं होलमा एक-एक सट बचाए । तर ४-पारको १४औं होलमा डबल बोगी खेप्न पुगे । ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

नेपालका राहुल विश्वकर्मा समग्रमा ६-अन्डर १३८ सहित तेस्रो स्थानमा छन् । उनले आज ४-अन्डर ६८ को स्कोर कार्ड बनाए । फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।  राहुले तेस्रो, सातौं, १२, १४ र १५औं होलमा बर्डी प्रहार गर्दा चौथों होलमा एक सट खेर फाले ।

समग्रमा ४-अन्डर १४० को स्कोरमा श्रीलंकाका रेशन अलगामा र बंगलादेशका मोहम्मद सहाब उद्दीन संयुक्तरुपमा चौथों स्थानमा छन् ।

समग्रमा २-ओभर १४६ को स्कोरमा भुटानका निम दोर्जी तामाङ र नेपालका टासी छिरिङ संयुक्तरुपमा सातौं स्थानमा रहे । दुयस्तै समग्रमा ४-ओभर १४८ सहित बंगलदेशका सफिकुल इस्लाम र नेपालका वाङ्गचेन ढोन्डुप संयुक्तरुपमा नवौं स्थानमा छन्।

महिलातर्फ भारतकी अनन्थी विवेक समग्रमा ३-अन्डर १४१ सहित  शीर्ष स्थानमा छिन् । उनले भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पारेकी छन् ।  आज अनन्थीले २-अन्डर ७० को स्कोरमा खेल सकाइन् ।

आज १-अन्डर ७१ सहित दियाले समग्रमा ११-ओभर १५५को स्कोर कार्ड तयार पारेकी छन् । नेपालकी तारा कार्की चित्रकारले समग्रमा १९-ओभर १६३ सहित तेस्रो स्थानमा रहेकी छन् । उनले ११-ओभर ८३ मा दोस्रो दिनको अन्त्य गरिन् ।

यु-१६ ब्वाइजतर्फ भारतका भिभान उभायकरले समग्रमा १-ओभर १४५ सहित शीर्ष स्थानमा चार स्ट्रोकको अग्रता बनाएका छन् । आज उनले १-अन्डर ७१ को स्कोर कार्ड तयार पारे ।

भारतका प्रिम्स बैंन्सला समग्रमा ५-ओभर १४९ सहित दोस्रो स्थानमा छन्। उनले आज २–ओभर ७४ को स्कोर निकाले। भारतकै अदभय बगला समग्रमा ८-ओभर १५२ सहित तेस्रो स्थानमा रहे। उनले आज ४-ओभर ७६ को स्कोर निकाले ।

समग्रमा ९-ओभर १५३ सहित नेपालका रुबेन थापा चौथों स्थानमा छन् । भारतका पिएस निलोफर तथा नेपालका डयानियल बानियाँ, सोहम अग्रवाल, दीपसन लामा र अभानी राईले कट बनाएका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||