काठमाडौं । भारतमा भइरहेको ट्वान्टी २० विश्वकपमा फाइनल प्रवेशका लागि घरेलु टोली र इङ्ल्याण्डबीच सेमिफाइनल खेल हुदैछ ।
मुम्बईको वानखडेमा बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता भारतले इङ्ल्याण्डको सामना गर्न लागेको हो । भारत र इङ्ल्याण्डबीच बिहिबार बेलुका ७ः१५ मा खेल हुदैछ । यि दुईबीच सेमिफाइनलमा भेट हुन लागेको यो लगातार तेस्रो पटक हो ।
सन् २०२४ मा भएको गएको संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि च्याम्पियन भएको थियो । विश्वकपको समूह ए मा रहेको भारत अपराजित रहँदै सुपर ८ मा प्रवेश गरेको थियो । सुपर ८ को समूह एकको विजेता बन्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने दोस्रा राष्ट्र बन्न चाहन्छ । सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ ।
सन् २०१० र सन् २०२२ को च्याम्पियन इङ्ल्याण्ड सन् २०१६ मा भारतमै भएको विश्वकपको फाइनलसम्म पुगेको थियो । भारत र इङ्ल्याण्डबीच सेमिफाइनलमा हुन लागेको यो लगातार तेस्रो भेट हो । अघिल्ला २ संस्करणको विश्वकप सेमिफाइनल दुई देश खेलेकामा समान १ पटक नै जित हात पारेका थिए ।
ट्वान्टी २० विश्वकपमा यि दुई देशबीच ५ भेट भएको छ । भारत ३ खेलमा विजयी हुँदा २ खेलमा इङ्ल्याण्ड विजयी भएको छ ।
