काठमाडौं । इङ्ल्याण्डलाई ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान बनाउँन भारतले २५४ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईको वानखडेमा भइरहेको खेलमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल बनाएपछि इङ्ल्याण्डले २५४ रनको विशाल लक्ष्य दिएको हो ।
वानखडेमा टस जितेको इङ्ल्याण्डले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर सञ्जु स्यामसनले सर्वाधिक ८९ रन बनाए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शिभम दुवेले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रन बनाए । इशान किशन १८ बलमा ३९ तथा तिलक बर्मा ७ बलमा २१ रनमा आउट भए ।
इङ्ल्याण्डका लागि विल ज्याक्स र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चरले १ विकेट लिए । भारत सन् २०२४ मा भएको गएको संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि च्याम्पियन भएको थियो ।
विश्वकपको समूह ए मा रहेको भारत अपराजित रहँदै सुपर ८ मा प्रवेश गरेको थियो । सुपर ८ को समूह एकको विजेता बन्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने दोस्रो राष्ट्र बन्न चाहन्छ । सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ ।
सन् २०१० र सन् २०२२ को च्याम्पियन इङ्ल्याण्ड सन् २०१६ मा भारतमै भएको विश्वकपको फाइनलसम्म पुगेको थियो । भारत र इङ्ल्याण्डबीच सेमिफाइनलमा लागेको यो लगातार तेस्रो भेट हो । अघिल्ला २ संस्करणको विश्वकप सेमिफाइनल दुई देश खेलेकामा समान १ पटक नै जित हात पारेका थिए ।
ट्वान्टी २० विश्वकपमा यि दुई देशबीच ५ भेट भएको छ । भारत ३ खेलमा विजयी हुँदा २ खेलमा इङ्ल्याण्ड विजयी भएको छ । यस खेलको विजेताले आइतबार उपाधीका लागि न्युजिल्याण्डसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
