कार्तिक २१, २०८२ शुक्रबार | ०१:१३:०७
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्णमा हुने

काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपकाे ११औं संस्करण मंगलबार देखि बिहीबारसम्म गोकर्ण फरेष्ट गल्फ क्लबमा हुने भएको छ ।

५४-होलको तीन दिने प्रतियोगितामा नेपालसहित बंगलदेश, श्रीलंका, भुटान र भारतका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । टिम स्पर्धामा प्रत्येक टोलीका दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालले दुई टोली सहभागी गराउनेछ । ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ।

व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन्। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा हालसम्म ४५ पुरुष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको आयोजक संघले जानकारी दियो । आइतबारसम्म नाम दर्ता गर्न सकिने छ ।

यो प्रतियोगितालाई वर्ल्ड एमेच्योर गल्फ प्याङ्किङ (डब्लुएजिआर) ले मान्यता दिएको छ । प्रतियोगितामा सहभागी  खेलाडीले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?