कार्तिक २१, २०८२ शुक्रबार | ०१:१७:२९
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि

काठमाडौं । सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो गल्फर रामे मगरको टोलीले जितेको छ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न खेलमा रामेको टाेलीले १२४ अंक जोड्यो । एमेच्योर गल्फर सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।

प्रो भुवन नगरकोटीको टोलीले ११७ अंकसहित दोस्रो स्थानमा रह्यो । टोलीका लागि  एमेच्योर खेलाडी रविन्द्रपुरूष ढकाल, मुक्तिसेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।

यस्तै प्रो रमेश अधिकारीको टोलीले ११४ अंक जोडेर तेस्रो स्थान हासिल गर्यो । एमेच्योर खेलाडी स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बुलामाले ३८ र स्वदेश गुरुङले ३७ स्कोर गरे।

महिलातर्फ अञ्जली योञ्जनले ३९ अंकसहित तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै उपाधि जितिन् ।

यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बुलामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा ९० एमेच्योर गल्फरको सहभागिता थियो।

विजेतालाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।

शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि प्रो शुक्रबहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए ।  


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?