फाल्गुन २२, २०८२ शुक्रबार | ११:०७:२०
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

शुक्रलाई कोर्स रेकर्डसहित उपाधि

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

समग्रमा १७-अन्डर २५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सद्भाव आचार्यले यही सिजन काठमाडौं ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड तोडे ।

करियरको ११औं उपाधि जितेका शुक्रका लागि कोर्समा भने पहिलो उपाधि हो । उपाधिसँगै उनले १ लाख १० हजार रुपैयाँ प्राप्त गरे।

अन्तिम दिन शुक्रबार ६-अन्डर ६२ को स्कोर बनाएका शुक्रले प्रो निरज तामाङलाई चार स्ट्रोकले हराए । अन्तिम १८ होलको सुरुवात गर्दा आज शुक्रसँग तीन स्ट्रोकको अग्रता थियो ।

पहिलो होलमा शुक्रको बल पोखरीमा परेर हराएको थियो । तर उत्कृष्ट पुनरागमन गरेका उनले सो होलमा पार बचाए । यसपछि उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाउँदा शुक्रले ९ स्ट्रोकको सानदार अग्रता बनाइसकेका थिए ।

त्यसपछि शुक्रले ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गरे। १३औं र १४औं होलमा एक-एक सट बचाए । उनले १२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे ।

शुक्रले १६ महिना अगाडि इस्टर्न ओपन जितेयता पहिलो पटक घरेलु टुर खेलेका हुन् ।

यो सिजन तीन उपाधि जितिसकेका निरजले आज ६-अन्डर ६२ को स्कोरकार्ड तयार पारे । समग्रमा १३-अन्डर २५९ को नतिजामा उनले ७० हजार रुपैयाँ प्राप्त गरे ।

निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । यसपछि १०औं होलमा इगल तथा १२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४-अन्डर ३० को नतिजा निकाले ।

समग्रमा ८-अन्डर २६४ को स्कोरमा दिनेश प्रजापतीले तेस्रो स्थानमा हासिल गरे । आज उनले ३-अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रो भएका उनलाई ५० हजार  रुपैयाँ प्रदान गरियो ।

आज १-ओभर ६९ स्कोर सहित समग्रमा ७-अन्डर २६५ को नतिजमा चौथो भएका भुवनकुमार रोक्काले ४२ हजार रुपैयाँ प्राप्त गरे । समग्रमा ५-अन्डर २६७ सहित सञ्जय लामा पाँचौं भए । आज ३-अन्डर ६५ को स्कोर तयार पारेका उनले ३७ हजार रुपैयाँ पाए ।‌

राहुल विश्वकर्माले समग्रमा ३-ओभर २७५ सहित निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराउँदै एमेच्योरतर्फको उपाधि जिते । निश्चयले समग्रमा ४-ओभर २७८ को स्कोर कार्ड तयार पारे । दुवैले आज २-ओभर ७० मा खेल सकाएका थिए ।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता थियो ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर (मार्केटिङ) केशव प्रधान, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||