कार्तिक २१, २०८२ शुक्रबार | ०१:२१:४१
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

शुक्रलाई कोर्स रेकर्डसहित उपाधि

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

समग्रमा १७-अन्डर २५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सद्भाव आचार्यले यही सिजन काठमाडौं ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड तोडे ।

करियरको ११औं उपाधि जितेका शुक्रका लागि कोर्समा भने पहिलो उपाधि हो । उपाधिसँगै उनले १ लाख १० हजार रुपैयाँ प्राप्त गरे।

अन्तिम दिन शुक्रबार ६-अन्डर ६२ को स्कोर बनाएका शुक्रले प्रो निरज तामाङलाई चार स्ट्रोकले हराए । अन्तिम १८ होलको सुरुवात गर्दा आज शुक्रसँग तीन स्ट्रोकको अग्रता थियो ।

पहिलो होलमा शुक्रको बल पोखरीमा परेर हराएको थियो । तर उत्कृष्ट पुनरागमन गरेका उनले सो होलमा पार बचाए । यसपछि उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाउँदा शुक्रले ९ स्ट्रोकको सानदार अग्रता बनाइसकेका थिए ।

त्यसपछि शुक्रले ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गरे। १३औं र १४औं होलमा एक-एक सट बचाए । उनले १२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे ।

शुक्रले १६ महिना अगाडि इस्टर्न ओपन जितेयता पहिलो पटक घरेलु टुर खेलेका हुन् ।

यो सिजन तीन उपाधि जितिसकेका निरजले आज ६-अन्डर ६२ को स्कोरकार्ड तयार पारे । समग्रमा १३-अन्डर २५९ को नतिजामा उनले ७० हजार रुपैयाँ प्राप्त गरे ।

निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । यसपछि १०औं होलमा इगल तथा १२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४-अन्डर ३० को नतिजा निकाले ।

समग्रमा ८-अन्डर २६४ को स्कोरमा दिनेश प्रजापतीले तेस्रो स्थानमा हासिल गरे । आज उनले ३-अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रो भएका उनलाई ५० हजार  रुपैयाँ प्रदान गरियो ।

आज १-ओभर ६९ स्कोर सहित समग्रमा ७-अन्डर २६५ को नतिजमा चौथो भएका भुवनकुमार रोक्काले ४२ हजार रुपैयाँ प्राप्त गरे । समग्रमा ५-अन्डर २६७ सहित सञ्जय लामा पाँचौं भए । आज ३-अन्डर ६५ को स्कोर तयार पारेका उनले ३७ हजार रुपैयाँ पाए ।‌

राहुल विश्वकर्माले समग्रमा ३-ओभर २७५ सहित निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराउँदै एमेच्योरतर्फको उपाधि जिते । निश्चयले समग्रमा ४-ओभर २७८ को स्कोर कार्ड तयार पारे । दुवैले आज २-ओभर ७० मा खेल सकाएका थिए ।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता थियो ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर (मार्केटिङ) केशव प्रधान, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?