कार्तिक २१, २०८२ शुक्रबार | ०१:१५:०४
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

शुक्रको अग्रता कायमै

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल च्यालेन्जमा आफ्ना अग्रतालाई तेस्रो दिनसम्म पनि कायमै रहेका छन् ।

समग्रमा ११-अन्डर १९३ को स्कोर‌मा उनले भुवनकुमार रोक्कालाई तीन स्ट्रोकले पछि पारेका छन् । बिहीबार शुक्रले ५-अन्डर ६३ को सानदार स्कोर निकाले ।

शुक्रले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए । पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो होलमा भने एक सट खेर फाले । त्यसपछि ११औं र १२औं होलमा बर्डीको प्रहारसँगै ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे।

भुवन पनि ५-अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८-अन्डर १९६ सहित दोस्रो स्थानमा उक्लिए ।

भुवनले चौथो होल तथा सातौं देखि नवौं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । त्यसपछि १२औं र १३औं होलमा एक/एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइनमा १-अन्डर ३३ को नतिजा निकाले ।

निरज तामाङले दिनकै उत्कृष्ट ६-अन्डर ६२ को स्कोर कार्ड तयार पारे ।  उनी समग्रमा ७-अन्डर १९७ सहित तेस्रो स्थानमा उक्लिएका छन् ।

निरजले बोगी रहित सानदार प्रदर्शन गरे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए । निरजले पहिलो, दोस्रो, चौथो, १०औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे ।

आज इभन-पार ६८ खेलेका दिनेश प्रजापती समग्रमा ५-अन्डर १९९ को स्कोरमा चौथो स्थानमा झरे। समग्रमा ३-अन्डर २०१ स्कोर बनाएका तोरणविक्रम शाही पाँचौं स्थानमा छन्। उनले आज ४-अन्डर ६४ स्कोर जोडे।

एमेच्योरतर्फ राहुल विश्वकर्माले समग्रमा १-ओभर २०५ को स्कोरमा निश्चयजंग रायमाझीलाई तीन स्ट्रोकले पछि पारेका छन् । राहुलले आज इभन-पार ६८ स्कोर गरे । समग्रमा ४-ओभर २०८ स्कोर गरेका निश्चयले आज २-ओभर ७० को स्कोर कार्ड तयार पारे ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?