फाल्गुन २२, २०८२ शुक्रबार | ११:०७:२०
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

शुक्रको अग्रता कायमै

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल च्यालेन्जमा आफ्ना अग्रतालाई तेस्रो दिनसम्म पनि कायमै रहेका छन् ।

समग्रमा ११-अन्डर १९३ को स्कोर‌मा उनले भुवनकुमार रोक्कालाई तीन स्ट्रोकले पछि पारेका छन् । बिहीबार शुक्रले ५-अन्डर ६३ को सानदार स्कोर निकाले ।

शुक्रले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए । पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो होलमा भने एक सट खेर फाले । त्यसपछि ११औं र १२औं होलमा बर्डीको प्रहारसँगै ब्याक नाइन २-अन्डर ३२ मा पूरा गरे।

भुवन पनि ५-अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८-अन्डर १९६ सहित दोस्रो स्थानमा उक्लिए ।

भुवनले चौथो होल तथा सातौं देखि नवौं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । त्यसपछि १२औं र १३औं होलमा एक/एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइनमा १-अन्डर ३३ को नतिजा निकाले ।

निरज तामाङले दिनकै उत्कृष्ट ६-अन्डर ६२ को स्कोर कार्ड तयार पारे ।  उनी समग्रमा ७-अन्डर १९७ सहित तेस्रो स्थानमा उक्लिएका छन् ।

निरजले बोगी रहित सानदार प्रदर्शन गरे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए । निरजले पहिलो, दोस्रो, चौथो, १०औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरे ।

आज इभन-पार ६८ खेलेका दिनेश प्रजापती समग्रमा ५-अन्डर १९९ को स्कोरमा चौथो स्थानमा झरे। समग्रमा ३-अन्डर २०१ स्कोर बनाएका तोरणविक्रम शाही पाँचौं स्थानमा छन्। उनले आज ४-अन्डर ६४ स्कोर जोडे।

एमेच्योरतर्फ राहुल विश्वकर्माले समग्रमा १-ओभर २०५ को स्कोरमा निश्चयजंग रायमाझीलाई तीन स्ट्रोकले पछि पारेका छन् । राहुलले आज इभन-पार ६८ स्कोर गरे । समग्रमा ४-ओभर २०८ स्कोर गरेका निश्चयले आज २-ओभर ७० को स्कोर कार्ड तयार पारे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||