कार्तिक २१, २०८२ शुक्रबार | ०१:१५:०४
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

शुक्रलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन प्रो गल्फर शुक्रबहादुरले राईले एकल अग्रता  लिएका छन् ।

समग्रमा ६-अन्डर १३० को स्कोर‌मा शुक्रले दिनेश प्रजापतीलाई एक स्ट्रोकले पछि पारेका छन् । बुधबार शुक्रले १-ओभर ६९ को स्कोर गरे ।

पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज भने सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीकाविरुद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे‌ ।ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।

समग्रमा ५-अन्डर १३१ को स्कोरमा दिनेश दोस्रो स्थानमा छन् । आज उनले १-अन्डर ६७ को कार्ड बनाए ।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३-अन्डर १३ को स्कोरसहित तेस्रो स्थानमा छन् । रामेले १-अन्डर ६७ को स्कोर दर्ज गरे।  खराब प्रदर्शन गरेका भुवनले ४-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए ।

समग्रमा १-अन्डर १३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीपकुमार लामा पाँचौं स्थानमा छन् । सञ्जयले २-अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन-पार ६८ को स्कोर बनाए ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १ सय ३७ को स्कोरमा शीर्ष स्थानमा छन् । उनले आज १-ओभर ६९ को स्कोर जोड्दै निश्चयजंग राययमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । निश्चयले आज १-ओभर ६९ स्कोर गर्दे समग्रमा २-ओभर १३८ स्कोर तयार पारे ।

३६ होलको समाप्तिमा ९-ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र दुई एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?