फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:१९
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

शुक्रलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन प्रो गल्फर शुक्रबहादुरले राईले एकल अग्रता  लिएका छन् ।

समग्रमा ६-अन्डर १३० को स्कोर‌मा शुक्रले दिनेश प्रजापतीलाई एक स्ट्रोकले पछि पारेका छन् । बुधबार शुक्रले १-ओभर ६९ को स्कोर गरे ।

पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज भने सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीकाविरुद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे‌ ।ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।

समग्रमा ५-अन्डर १३१ को स्कोरमा दिनेश दोस्रो स्थानमा छन् । आज उनले १-अन्डर ६७ को कार्ड बनाए ।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३-अन्डर १३ को स्कोरसहित तेस्रो स्थानमा छन् । रामेले १-अन्डर ६७ को स्कोर दर्ज गरे।  खराब प्रदर्शन गरेका भुवनले ४-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए ।

समग्रमा १-अन्डर १३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीपकुमार लामा पाँचौं स्थानमा छन् । सञ्जयले २-अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन-पार ६८ को स्कोर बनाए ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १ सय ३७ को स्कोरमा शीर्ष स्थानमा छन् । उनले आज १-ओभर ६९ को स्कोर जोड्दै निश्चयजंग राययमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । निश्चयले आज १-ओभर ६९ स्कोर गर्दे समग्रमा २-ओभर १३८ स्कोर तयार पारे ।

३६ होलको समाप्तिमा ९-ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र दुई एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||