भाद्र ३०, २०८२ मंगलबार | १४:२०:१९
एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित

शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता

शुक्रबहादुर राई ।

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राई र भुवनकुमारले रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्तरुपमा अग्रता लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतीलाई तीन स्ट्रोकले पछि पारे ।

करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरेका छन्।  तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसैगरी उनले १०औं र ११औं‌ तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे । ब्याक नाइनdf ५-अन्डर २९ काे स्काेर खडा गरे । 

भुवनले पनि सानदार प्रदर्शन गरे । फ्रन्ट नाइनमा ५-अन्डर २९ को नतिजा निकालेका उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको प्रहार गरे । यसपछि १०औं, १३औं र १४औं होलमा एक/एक सट बचाएका भुवनले १६औं‌ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

तेस्रो स्थानमा रहेका दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे । नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २(अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा छन् ।

१-अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडेका छन् ।

एमेच्योरतर्फ फुन्सोकनोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ को स्कोरसहित संयुक्तरुपमा शीर्ष स्थानमा छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १-ओभर ६९ स्कोर गरे ।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउने छन् ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL