फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:१९
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता

शुक्रबहादुर राई ।

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राई र भुवनकुमारले रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्तरुपमा अग्रता लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतीलाई तीन स्ट्रोकले पछि पारे ।

करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरेका छन्।  तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसैगरी उनले १०औं र ११औं‌ तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे । ब्याक नाइनdf ५-अन्डर २९ काे स्काेर खडा गरे । 

भुवनले पनि सानदार प्रदर्शन गरे । फ्रन्ट नाइनमा ५-अन्डर २९ को नतिजा निकालेका उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको प्रहार गरे । यसपछि १०औं, १३औं र १४औं होलमा एक/एक सट बचाएका भुवनले १६औं‌ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

तेस्रो स्थानमा रहेका दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे । नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २(अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा छन् ।

१-अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडेका छन् ।

एमेच्योरतर्फ फुन्सोकनोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ को स्कोरसहित संयुक्तरुपमा शीर्ष स्थानमा छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १-ओभर ६९ स्कोर गरे ।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउने छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||