कार्तिक २१, २०८२ शुक्रबार | ०१:११:४८
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन

काठमाडौं  । दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फकाे आठाैं संस्करणमा च्याम्पियन बनेका छन् ।

शनिबार काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जिते ।

अठार होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडे । उनले फ्रन्ट नाइटमा २५  ब्याक नाइनमा १९ अंक जोडेको थिए ।

राजेन्द्र श्रेष्ठले ४३ अंक जाेड्दै दोस्रो स्थान हासिल गरे । 

यस्तै, वेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । नोर्बुले सात बर्डी प्रहार गरेका थिए ।

प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्षस्थान हासिल गरे ।

महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फर तथा नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि सहभागी थिए ।

यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले गरेका थिए ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?