भाद्र ३०, २०८२ मंगलबार | १४:११:२३
एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो नेपाल र श्रीलंकाबीचको पहिलो हाफ गोलरहित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित

तोरणलाई १२ वर्षपछि घरेलु गल्फ उपाधि

काठमाडौं ।  तोरणविक्रम शाहीले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं  प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार ५-अन्डर ६७ सहित समग्रमा १८-अन्डर २७० को स्कोर कार्ड तयार पारेका तोरणले निरज तामाङलाई एक स्ट्रोकले हराए ।

तोरणले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि उनले सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ताेरणले आफ्नो करियरमा तेस्रो उपाधि जितेका हुन् । 

शुक्रबार  ५-अन्डर ६७ कै स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए । उनले  १ लाख प्राप्त  रुपैयाँ गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले । उनी समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुल विश्वकर्मालाई ९ स्ट्रोकले हराए ।

३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रोतर्फ तेस्रो हुँदै उनले ७५ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौं भए । राहुलले आज २–ओभर ७४ स्कोर सहित समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो स्थानमा रहे ।

दिनेश प्रजापती समग्रमा ३-अन्डर २८५ सहित छैटौं स्थान हासिल गरे । उनले आज इभन-पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार रुपैयाँ हात पारे ।

नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३-ओभर ७५ खेल्दै समग्रमा १-अन्डर २८७ स्कोर गर्दै सातौं स्थानमा चित्त बुझाए । प्रोतर्फ पाँचौं हुँदा ५३ हजार रुपैयाँ आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८-ओभर ८० को स्कोर गर्दा समग्रमा ३-ओभर २९१ सहित आठौं भए । प्रोतर्फ छैटौं स्थानमा रहेका उनले  ४६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । टंकबहादुर कार्कीले समग्रमा ४-ओभर २९२ सहित नवौं तथा प्रोतर्फ सातौं हुँदै ४२ हजार रुपैयाँ जिते । समग्रमा ८-ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्यप्रसाद शर्मा १०औं भए । उनीहरू प्रो तर्फ आठौँ भएसँगै ३६ हजार ५०० रुपैयाँ  हात पारे ।

अन्तिम दिनको खेल सुरु गर्दा तोरण निरजभन्दा एक स्ट्रोकले मात्र अगाडि थिए । जहाँ तोरणलाई निरजले कडा चुनौती दिए । फ्रन्ट नाइनमा तोरणले तेस्रोदेखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । निरजले चौथो र नवौं होलमा एक/एक सट बचाए । फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनको समाप्तीमा तोरण दुई  स्ट्रोकले अघि बढे ।

यसपछि तोरणले १०औं होलमा एक सट बचाएसँगै उनले तीन स्ट्रोकको अग्रता बनाए । ११औं होलमा दुवैले बर्डी प्रहार गरे । यसपछि निरजले १४ र १५औं होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिएका थिए । तर, लगतै १६औं होलमा बोगी हाने र फेरि दुई स्ट्रोकले पछि परे ।

निरजले १७औं होलमा बर्डी प्रहार गर्दै पुनः अग्रतालाई एक स्ट्रोकमा झार्दै १८औं होललाई  रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेल्दा तोरणको अग्रता कायम रह्यो । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL