कार्तिक २१, २०८२ शुक्रबार | ०१:१७:२८
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

तोरण शीर्षस्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन  पनि तोरणविक्रम शाहीले आफ्नो अग्रता कायमै रहेका छन्।

बुधबार गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई तीन स्ट्रोकले पछि पारे ।

पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूआतत गरे । यो क्रममा उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । पहिलो होलमा बोगी प्रहार गरे । तर यसपपछि दोस्रो, तेस्रो,सातौं र नवौं होलमा चार वटा बर्डी प्रहार गरे ।

त्यसपछि ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले । १० र १२औं होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३, १७ र १८औं होलमा एक(एक सट बचाए।  

दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले । उनले ५-अन्डर ६७ सहित समग्रमा ८-अन्डर १३६ को स्कोर कार्ड तयार पारे।

उनले फ्रन्ट नाइनमा ४-अन्डर ३२ को प्रभावशाली प्रदर्शन गरे । निरजले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौं देखि सातौं होलमा लगातार तीन बर्डी प्रहार गरे । त्यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

समग्रमा २-अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापती तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाए ।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र साबिक विजेता सद्भाव आचार्य इभन-पार १४४ सहित संयुक्तरूपमा शीर्षस्थानमा छन्। आज राहुलले ३-अन्डर ६९ को स्कोर निकाले । सद्भावले भने इभन-पार ७२ को स्कोर गरे ।

३६ होलको समाप्तिमा १३-ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र चार एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?