फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:३०
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सद्भाव च्याम्पियन

सद्भाव आचार्यलाई पुरस्कार वितरण गरिदै, तस्विरः रोयल नेपाल गल्फ क्लब ।

काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७(२१ वर्ष उमेर समूहमा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य च्याम्पियन बनेका छन् ।

उपाधि विजेता सद्भाव प्रतियोगिता अगाडि नै भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा भइसकेका थिए । गत नोभेम्बरमा यसएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको विजेता सद्भाव सिधै छनोट भएका हुन् ।

यो उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट हुन भए । ब्वाइज १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राई विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे‌ ।

सद्भावले आज रोयल नेपाल गल्फ क्लबमा २-अन्डर ६६ स्कोर जोड्दै समग्रमा २-अन्डर २०२ को नतिजा निकाले । उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले माथ दिए ।

सद्भावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १७औं होलको बर्डीको सहयोगले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

प्रकृतले आज १०-ओभर ७८ को स्कोरमा समग्रमा १९-ओभर २२३ को स्कोर कार्ड तयार पारे । उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ६-ओभर ४० मा पुरा गरे । स्वप्निल भट्टराईले तेस्रो स्थान प्राप्त गरे । उनले आज ११-ओभर ७९ स्कोर जोडे । समग्रमा भने २५-ओभर २२९ को प्रदर्शन गरे ।

आज ५-ओभर ७३ को स्कोर कार्ड बनाएका सिद्धतान्तले समग्रमा भने ३५-ओभर २३९ को स्कोरमा सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले पछि पारे । इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे । आज उनले ७-ओभर ७५ को स्कोर निकाले ।  इधान्तले आज १४-ओभर ८२ को खराब प्रदर्शन गरे ।

यता अभानीले आज १३-ओभर ८१ सहित समग्रमा २५४ काे स्काेर कार्ड तयार पार्दै अनभद्धया मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । अनभद्धयाले कुल २८२ स्कोर गरिन् ।

प्रतियोगिता अन्तर्गत जुनियर ब्वाइजतर्फको नौ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र सम्योग खनाल तेस्रो भए । गल्सतर्फ रिजु राई, आद्रीती थापा र श्रीषा कडाल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे ।

तीन दिने प्रतियोगितामा चार प्रदेशका ३१ जुनियर गल्फरको सहभागीता  थियो । प्रतियोगिताका विजेतालाई नेपाल गल्फ संघका कार्यवाहक अध्यक्ष पवित्रकुमार कार्की, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्वा, क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||