कार्तिक २१, २०८२ शुक्रबार | ०१:२१:४२
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

सद्भाव च्याम्पियन

सद्भाव आचार्यलाई पुरस्कार वितरण गरिदै, तस्विरः रोयल नेपाल गल्फ क्लब ।

काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७(२१ वर्ष उमेर समूहमा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य च्याम्पियन बनेका छन् ।

उपाधि विजेता सद्भाव प्रतियोगिता अगाडि नै भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा भइसकेका थिए । गत नोभेम्बरमा यसएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको विजेता सद्भाव सिधै छनोट भएका हुन् ।

यो उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट हुन भए । ब्वाइज १२-१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राई विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे‌ ।

सद्भावले आज रोयल नेपाल गल्फ क्लबमा २-अन्डर ६६ स्कोर जोड्दै समग्रमा २-अन्डर २०२ को नतिजा निकाले । उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले माथ दिए ।

सद्भावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १७औं होलको बर्डीको सहयोगले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

प्रकृतले आज १०-ओभर ७८ को स्कोरमा समग्रमा १९-ओभर २२३ को स्कोर कार्ड तयार पारे । उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ६-ओभर ४० मा पुरा गरे । स्वप्निल भट्टराईले तेस्रो स्थान प्राप्त गरे । उनले आज ११-ओभर ७९ स्कोर जोडे । समग्रमा भने २५-ओभर २२९ को प्रदर्शन गरे ।

आज ५-ओभर ७३ को स्कोर कार्ड बनाएका सिद्धतान्तले समग्रमा भने ३५-ओभर २३९ को स्कोरमा सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले पछि पारे । इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे । आज उनले ७-ओभर ७५ को स्कोर निकाले ।  इधान्तले आज १४-ओभर ८२ को खराब प्रदर्शन गरे ।

यता अभानीले आज १३-ओभर ८१ सहित समग्रमा २५४ काे स्काेर कार्ड तयार पार्दै अनभद्धया मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । अनभद्धयाले कुल २८२ स्कोर गरिन् ।

प्रतियोगिता अन्तर्गत जुनियर ब्वाइजतर्फको नौ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र सम्योग खनाल तेस्रो भए । गल्सतर्फ रिजु राई, आद्रीती थापा र श्रीषा कडाल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे ।

तीन दिने प्रतियोगितामा चार प्रदेशका ३१ जुनियर गल्फरको सहभागीता  थियो । प्रतियोगिताका विजेतालाई नेपाल गल्फ संघका कार्यवाहक अध्यक्ष पवित्रकुमार कार्की, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्वा, क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?