फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:००
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

कोर्स रेडर्कसहित निरजलाई एकल अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित निरज तामाङले एकल अग्रता लिएका छन् ।

निरजले २०२२/२३ सिजनमा शुकबहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोडे । उनले धनबहादुर थापालाई चार स्ट्रोकले पछि पारेका छन् ।

धरानस्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड तयार पार्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक/एक सट बचाए । उनले फ्रन्ट नाइनमा ४-अन्डर ३२ मा खेले ।

त्यसपछि ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरे। उनले १५ र १८औं होलमा पनि बर्डी प्रहार गरे । ब्याक नाइन पनि ४-अन्डर ३० मा सकाउँदै सानदार सुरुआत गरे ।

धनबहादुरले ४-अन्डर ६६ को स्कोरसहित दोस्रो स्थानमा रहेर पहिलो दिन सकाए । उनले दोस्रो होलमा बोगीको समाना गरे । त्यसपछि कमब्याक गर्दै तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए यसपछि १३औं होलको बोगीविरुद्ध १२, १६ र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन २-अन्डर ३० मा सकाए ।

३-अन्डर ६७ को नतिजामा भुवनकुमार रोक्का तेस्रो स्थानमा रहे। उनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर दर्ज गरे। तेस्रो, सातौ, नवौं, १५ र १८औं होलमा एक/एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे ।

एमेच्योर सुन्दर राईसहित प्रोहरु युवराज भुजेल र विष्णुप्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे । ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता छ ।

कूल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १८ होलको समाप्तीमा कट लागु हुनेछ। कट बनाउने २१ गल्फर अर्को चरणमा प्रवेश गर्नेछन् । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||