कार्तिक २१, २०८२ शुक्रबार | ०१:२१:१२
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

कोर्स रेडर्कसहित निरजलाई एकल अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित निरज तामाङले एकल अग्रता लिएका छन् ।

निरजले २०२२/२३ सिजनमा शुकबहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोडे । उनले धनबहादुर थापालाई चार स्ट्रोकले पछि पारेका छन् ।

धरानस्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड तयार पार्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक/एक सट बचाए । उनले फ्रन्ट नाइनमा ४-अन्डर ३२ मा खेले ।

त्यसपछि ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरे। उनले १५ र १८औं होलमा पनि बर्डी प्रहार गरे । ब्याक नाइन पनि ४-अन्डर ३० मा सकाउँदै सानदार सुरुआत गरे ।

धनबहादुरले ४-अन्डर ६६ को स्कोरसहित दोस्रो स्थानमा रहेर पहिलो दिन सकाए । उनले दोस्रो होलमा बोगीको समाना गरे । त्यसपछि कमब्याक गर्दै तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए यसपछि १३औं होलको बोगीविरुद्ध १२, १६ र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन २-अन्डर ३० मा सकाए ।

३-अन्डर ६७ को नतिजामा भुवनकुमार रोक्का तेस्रो स्थानमा रहे। उनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर दर्ज गरे। तेस्रो, सातौ, नवौं, १५ र १८औं होलमा एक/एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे ।

एमेच्योर सुन्दर राईसहित प्रोहरु युवराज भुजेल र विष्णुप्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे । ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता छ ।

कूल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १८ होलको समाप्तीमा कट लागु हुनेछ। कट बनाउने २१ गल्फर अर्को चरणमा प्रवेश गर्नेछन् । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?