कार्तिक २१, २०८२ शुक्रबार | ०१:१५:४५
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

सद्भाव च्याम्पियन

च्याम्पियन सद्भाव आचार्य

काठमाडौं । एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४-२५ को  दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको च्याम्पियन बनेका छन् ।

सद्भावले साबिक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले पछि पारे ।

प्रतियोगिताको अन्तिम दिन ६-अन्डर ६२ को सनादार स्कोर गरेका सद्भावले समग्रमा १५-अन्डर २५७ को कीर्तिमानसहित करिअरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४-अन्डर २५८ को रकर्ड तोडेका हुन् ।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका निरज तामाङले ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए ।  उनले प्रोतर्फ भने पहिलो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे। दिनेश प्रजापती अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो स्थानमा रहे । उनले ८५ हजार रुपैयाँ पाए ।

एमेच्योर राहुल विक समग्रमा ६-अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे। उनी एमेच्योरतर्फ भने दोस्रो स्थानमा रहे । नेपाल नम्बर एक प्रो भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार रुपैयाँ जिते ।

विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३-अन्डर २६९ को स्कोरमा संयुक्तरुपमा छौटौं स्थान बाँडे । विष्णुले ३-ओभर ७१ मा खेल सकाए । पहिलो दिनका लिडर जयरामले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औं देखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे । दुवैले ५१ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

समग्रमा इभन-पार ७२ सहित सञ्जय लामा आठौं, २-ओभर २७४ सहित दीपक मगर नवौं र ३-ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौं, नवौं र दशौं भए । सञ्जयले आज ४-अन्डर ६४, दीपकले ३-ओभर ७१ र तोरणले ३-अन्डर ६५ बनाए। उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार रुपैयाँ पाए ।

अन्तिम दिनको सुरूआत गर्दा सद्भाव निरज भन्दा एक स्ट्रोकले पछि थिए। आज फ्रन्ट नाइनको खेल सकिंदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो। दुवैले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा  बर्डी नै प्रहार गरे ।

११औं होल खेलको टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले। यसपछि सद्भावले एक स्ट्रोकको अग्रता बनाए । सद्भावले १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिंदै सदभावले ब्याक नाइन २-अन्डर ३२ मा सकाउँदै उपाधि जिते । निरजले भने ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे ।

 विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । कट बनाएका २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?