फाल्गुन २२, २०८२ शुक्रबार | ११:०५:४६
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सद्भाव च्याम्पियन

च्याम्पियन सद्भाव आचार्य

काठमाडौं । एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४-२५ को  दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको च्याम्पियन बनेका छन् ।

सद्भावले साबिक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले पछि पारे ।

प्रतियोगिताको अन्तिम दिन ६-अन्डर ६२ को सनादार स्कोर गरेका सद्भावले समग्रमा १५-अन्डर २५७ को कीर्तिमानसहित करिअरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४-अन्डर २५८ को रकर्ड तोडेका हुन् ।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका निरज तामाङले ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए ।  उनले प्रोतर्फ भने पहिलो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे। दिनेश प्रजापती अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो स्थानमा रहे । उनले ८५ हजार रुपैयाँ पाए ।

एमेच्योर राहुल विक समग्रमा ६-अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे। उनी एमेच्योरतर्फ भने दोस्रो स्थानमा रहे । नेपाल नम्बर एक प्रो भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार रुपैयाँ जिते ।

विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३-अन्डर २६९ को स्कोरमा संयुक्तरुपमा छौटौं स्थान बाँडे । विष्णुले ३-ओभर ७१ मा खेल सकाए । पहिलो दिनका लिडर जयरामले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औं देखि १८औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे । दुवैले ५१ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

समग्रमा इभन-पार ७२ सहित सञ्जय लामा आठौं, २-ओभर २७४ सहित दीपक मगर नवौं र ३-ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौं, नवौं र दशौं भए । सञ्जयले आज ४-अन्डर ६४, दीपकले ३-ओभर ७१ र तोरणले ३-अन्डर ६५ बनाए। उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार रुपैयाँ पाए ।

अन्तिम दिनको सुरूआत गर्दा सद्भाव निरज भन्दा एक स्ट्रोकले पछि थिए। आज फ्रन्ट नाइनको खेल सकिंदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो। दुवैले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा  बर्डी नै प्रहार गरे ।

११औं होल खेलको टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले। यसपछि सद्भावले एक स्ट्रोकको अग्रता बनाए । सद्भावले १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिंदै सदभावले ब्याक नाइन २-अन्डर ३२ मा सकाउँदै उपाधि जिते । निरजले भने ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे ।

 विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । कट बनाएका २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||