फाल्गुन २२, २०८२ शुक्रबार | ११:०४:१९
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

तेश्रो दिन निरजलाई एकल अग्रता

निरज तामाङ ।

काठमाडौं  । साबिक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन्  ।

बिहीबारसम्म ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।‌

एमेच्योर सद्भाव पनि बिहीबार ४-अन्डर ६४ स्कोर गर्दै समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा झरे ।

समग्रमा ५- अन्डर १९९ सहित दिनेश प्रजापती चौथो स्थानमा यथावत रहे। उनले आज १-अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए ।

इभन(पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छौटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । 

समग्रमा २(ओभर २०६ बनाएका वसन्तराज गुरुङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन- पार ६८ को स्कोर दर्ज गरे।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा राम्रो सुरुआत गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं‌ होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले।

सद्भावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३(अन्डर ३१ मा सकाए। उनले चौथो, १०, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले। ब्याक नाइनमा भने उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरेपनि १५, १६र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए।

विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ  प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश ८५ हजार र ६८ हजार रुपैयाँ हात पार्नेछन्। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||