कार्तिक २१, २०८२ शुक्रबार | ०१:१५:०५
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

तेश्रो दिन निरजलाई एकल अग्रता

निरज तामाङ ।

काठमाडौं  । साबिक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन्  ।

बिहीबारसम्म ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।‌

एमेच्योर सद्भाव पनि बिहीबार ४-अन्डर ६४ स्कोर गर्दै समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा झरे ।

समग्रमा ५- अन्डर १९९ सहित दिनेश प्रजापती चौथो स्थानमा यथावत रहे। उनले आज १-अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए ।

इभन(पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छौटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । 

समग्रमा २(ओभर २०६ बनाएका वसन्तराज गुरुङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन- पार ६८ को स्कोर दर्ज गरे।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा राम्रो सुरुआत गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं‌ होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले।

सद्भावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३(अन्डर ३१ मा सकाए। उनले चौथो, १०, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले। ब्याक नाइनमा भने उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरेपनि १५, १६र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए।

विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ  प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश ८५ हजार र ६८ हजार रुपैयाँ हात पार्नेछन्। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?