फाल्गुन २२, २०८२ शुक्रबार | ११:०४:१८
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि

काठमाडौं । विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा ७ अन्डर १२९ को स्कोरसहित एक सटको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिए ।

बुधबार ३ अन्डर ६५ खेलेका साविक विजेता निरज तामाङ समग्रमा ६ अन्डर १३० को स्कोरका साथ दोस्रो स्थानमा छन् ।

एमेच्योर खेलाडी सदभाव आचार्यले पनि दोस्रो दिन ३ अन्डर ६५ खेलेका थिए । उनी समग्रमा ५ अन्डर १३१ को नतिजा सहित तेस्रो स्थानमा छन् ।

बुधबार सर्वोत्कृष्ट प्रदर्शन गने क्रममा ५ अन्डर खेलेका दीनेश प्रजापती समग्रमा ४ अन्डर १३२ स्कोरका साथ चौथो स्थानमा छन् ।

शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका जयराम श्रेष्ठका लागि बुधबारको दिन सुखद रहन सकेन । बुधबार २ ओभर ७० को स्कोरमा सीमित भएका उनी समग्रमा २ अन्डर १३४ स्कोरका साथ पाँचौं स्थानमा झरेका छन् ।

यसैगरी दीपक मगरसँगै एमेच्योर राहुल बिके १ अन्डर १३५ को स्कोरसहित संयुक्त रुपमा छैटौं स्थानमा रहँदा धनबहादुर थापा र नेपाल नम्बर एक व्यावसायिक खेलाडी भुवन नगरकोटी समान १ ओभर १३७ स्कोरका साथ सयुक्त रुपमा आठौं स्थानमा रहँदा रवि खड्का र प्रदीपकुमार लामा २ ओभर १३८को स्कोरसहित शीर्ष १० मा पर्न सफल भएका छन् । 

दुुई दिनमा ३८ होलको खेल सकिँदा १३ ओभर १४९ सम्म स्कोर गर्ने २२ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दुई दिनको खेलका लागि छनोट (कट)मा सफलता हासिल गरेका छन् ।

कटमा सफलता हासिल गर्नेमा व्यावसायिकतर्फ रामे मगर, वशन्तराज गुरूङ, तोरणविक्रम शाही, रमेश अधिकारी, संजय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाई छन् । यसैगरी एमेच्योर खेलाडीहरु बलराम पौडेल, कवि थापा, हरिबहादुर थापा र ज्ञानबहादुर ढेंगे पनि अन्तिम दुई दिनको खेलका लागि छनोट भए ।

कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८५ हजार तथा तेस्रा हुनेले ६८ हजार रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ । बुधबारको कटमा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक गल्फर नगद पुरस्कारको भागिदार बन्नेछन् । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||