कार्तिक २१, २०८२ शुक्रबार | ०१:२१:११
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि

काठमाडौं । विष्णुप्रसाद शर्मा बुधबार ४ अन्डर ६४ को स्कोर गर्दै सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन अग्रस्थानमा उक्लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबको कोर्समा बुधबार ४ अन्डर खेलेका विष्णुप्रसाद समग्रमा ७ अन्डर १२९ को स्कोरसहित एक सटको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिए ।

बुधबार ३ अन्डर ६५ खेलेका साविक विजेता निरज तामाङ समग्रमा ६ अन्डर १३० को स्कोरका साथ दोस्रो स्थानमा छन् ।

एमेच्योर खेलाडी सदभाव आचार्यले पनि दोस्रो दिन ३ अन्डर ६५ खेलेका थिए । उनी समग्रमा ५ अन्डर १३१ को नतिजा सहित तेस्रो स्थानमा छन् ।

बुधबार सर्वोत्कृष्ट प्रदर्शन गने क्रममा ५ अन्डर खेलेका दीनेश प्रजापती समग्रमा ४ अन्डर १३२ स्कोरका साथ चौथो स्थानमा छन् ।

शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका जयराम श्रेष्ठका लागि बुधबारको दिन सुखद रहन सकेन । बुधबार २ ओभर ७० को स्कोरमा सीमित भएका उनी समग्रमा २ अन्डर १३४ स्कोरका साथ पाँचौं स्थानमा झरेका छन् ।

यसैगरी दीपक मगरसँगै एमेच्योर राहुल बिके १ अन्डर १३५ को स्कोरसहित संयुक्त रुपमा छैटौं स्थानमा रहँदा धनबहादुर थापा र नेपाल नम्बर एक व्यावसायिक खेलाडी भुवन नगरकोटी समान १ ओभर १३७ स्कोरका साथ सयुक्त रुपमा आठौं स्थानमा रहँदा रवि खड्का र प्रदीपकुमार लामा २ ओभर १३८को स्कोरसहित शीर्ष १० मा पर्न सफल भएका छन् । 

दुुई दिनमा ३८ होलको खेल सकिँदा १३ ओभर १४९ सम्म स्कोर गर्ने २२ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दुई दिनको खेलका लागि छनोट (कट)मा सफलता हासिल गरेका छन् ।

कटमा सफलता हासिल गर्नेमा व्यावसायिकतर्फ रामे मगर, वशन्तराज गुरूङ, तोरणविक्रम शाही, रमेश अधिकारी, संजय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवनकुमार रोक्का, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाई छन् । यसैगरी एमेच्योर खेलाडीहरु बलराम पौडेल, कवि थापा, हरिबहादुर थापा र ज्ञानबहादुर ढेंगे पनि अन्तिम दुई दिनको खेलका लागि छनोट भए ।

कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८५ हजार तथा तेस्रा हुनेले ६८ हजार रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ । बुधबारको कटमा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक गल्फर नगद पुरस्कारको भागिदार बन्नेछन् । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?