फाल्गुन २२, २०८२ शुक्रबार | ११:०४:०७
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

जयरामलाई एकल अग्रता

जयराम श्रेष्ठ ।

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठले एकल अग्रता लिएका छन् ।

जयराम ४-अन्डर ६४ सहित शीर्षस्थानमा छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।

रोयल नेपाल गल्फ क्लबमा मंगलबारबाट भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित दोस्रो स्थानमा रहेर पहिलो दिन पूरा गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे ।

इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीपकुमार लामाले पाँचौं स्थान बाँडे । रमेश अधिकारी र दिनेश प्रजापतीले १-ओभर ६९ को स्कोर निकाले । उनीहरु सातौं स्थानमा छन् ।

यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्तराज गुरुङ तथा एमेच्योरद्वय ज्ञान बहादुर ढेङ्गा र राहुल विक संयुक्तरुपमा नवौं स्थानमा रहे ।

रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए । उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे ।

विष्णुले पहिलो र सातौं होलमा एक/एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसपछि ११औं होलको बोगीविरुद्ध १२ र १३औं होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे ।

साबिक विजेता निरजले दोस्रो होलमा बोगी प्रहार गरे पनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । त्यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे ।

एमेच्योर सद्भावले सुरूवात राम्रो गर्न सकेनन् । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक\एक सट खेर फाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे । तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे । १०, ११, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे ।

यससँगै सद्भावले ब्याक नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे । यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे ।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ गल्फरको सहभागीता छ ।

विजेताले उपाधिसँगै १ लाख ५० हजार  रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमशः ८५र ६८ हजार रुपैयाँ हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||