कार्तिक २१, २०८२ शुक्रबार | ०१:१३:०९
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

तोरणविक्रम शाहीको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनमाविक्रम शाहीले दोस्रो दिन पनि आफ्नो अग्रता कायम राखेका छन् ।

मंगलबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर गरेका तोरण समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा छन् ।

उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पारेका छन् । दोस्रो दिन ३-अन्डर ६९ को स्कोर गरेका सुनिल समग्रमा ७-अन्डर १३७ को नतिजा सहित दोस्रो स्थानमा छन् ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले २-अन्डर ७० स्कोर गर्दा समग्रमा ६-अन्डर १३८ सहित तेस्रो स्थानमा तल झरे। एमेच्योर राहुल विश्वकर्मा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो दिन पनि शीर्षस्थानमा कायमै छन् ।

३-अन्डर ६९ को स्कोर गरेका निरज तामाङ समग्रमा ३-अन्डर १४१ सहित पाँचौ स्थानमा छन् । एमेच्योर सद्भाव आचार्य समग्रमा १-अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए । उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन् ।

इभन-पार ७२ सहित समग्रमा इभन-पार १४४ को नतिजा निकालेका राजेन्द्र थापामगर सातौं स्थानमा रहे। समग्रमा १-ओभर १४५ सहित जयराम श्रेष्ठ र एमेच्योर विजय श्रेष्ठ आइनहाउसले संयुक्तरुपमा आठौं स्थान बाँडे। दुवैले आज इभन-पार ७२ को स्कोर दर्ज गरे । भुवनकुमार रोक्का समग्रमा २-ओभर १४६ सहित १० औं स्थानमा छन् । उनले आज ३-ओभर ७५ को स्कोर बनाए ।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन पनि अनुभवी तोरणको प्रदर्शन सानदार रहयो । पहिलो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि ११, १२, १३ र १६औं होलमा एक/एक सट बचाए । तर १० र १५औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

राहुलले एमेच्योरतर्फ सद्भावलाई ४ स्ट्रोकले पछि पारेका छन् । ३६ होलको समाप्तीमा १३-ओभर १३७ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन् । 

प्रो गल्फर रवि खड्का, प्रदीपकुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, कृष्णमान राजबाहक, दीपक मगर, दिनेश प्रजापति, धन थापा, सञ्जय लामा, रमेश अधिकारी, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ, कुमार कामी र कृष्ण कालीराज सुनारले कट बनाए । युवा प्रो युवराज भजेल र भेट्रान प्रो रामे मगरले भने कट बनाउन सकेनन् ।

एमेच्योरतर्फ सुरेन्द्र फुयाल, गजेन्द्र गुरुङ र शिवराम पौडेलले अन्तिम ३६ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरे । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?