कार्तिक २१, २०८२ शुक्रबार | ०१:१३:०७
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

तोरणविक्रम शाहीलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाहीले एकल अग्रता लिएका छन् ।

तोरण  ५-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा छन्। उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।

४-अन्डर ६८ सहित भुवन र सुनिल संयुक्तरूपमा दोस्रो स्थानमा छन् ।

३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन्। यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरुले १-अन्डर ७१ स्कोर गरे।

इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धनबहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।  

गोकर्ण गल्फ क्लबमा सोमबार तोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेर फाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक-एक सट बचाएर ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। साबिक विजेता सद्भाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। ३६ होलपछि कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागी स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७५ हजार प्राप्त रुपैयाँ गर्नेछन्।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?