फाल्गुन २२, २०८२ शुक्रबार | ११:०५:४६
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

तोरणविक्रम शाहीलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाहीले एकल अग्रता लिएका छन् ।

तोरण  ५-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा छन्। उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।

४-अन्डर ६८ सहित भुवन र सुनिल संयुक्तरूपमा दोस्रो स्थानमा छन् ।

३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन्। यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरुले १-अन्डर ७१ स्कोर गरे।

इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धनबहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिपकुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।  

गोकर्ण गल्फ क्लबमा सोमबार तोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेर फाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक-एक सट बचाएर ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। साबिक विजेता सद्भाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। ३६ होलपछि कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागी स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७५ हजार प्राप्त रुपैयाँ गर्नेछन्।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||