कार्तिक २१, २०८२ शुक्रबार | ०१:१३:०८
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजीए)ले आइतबार पत्रकार सम्मेलन गर्दै टुरअन्तर्गतका आठ इभेन्टको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सिजनको पहिलो इभेन्ट, सूर्य नेपाल सेन्ट्रल ओपन नोभेम्बर २५ देखि २८ सम्म सञ्चालन हुने छ । इभेन्ट गोकर्ण फरेस्ट गल्फ क्लब, काठमाडौंमा हुनेछ ।

सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लब, काठमाडौं तथा तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २३ देखि २६ सम्म धरान गल्फ क्लब, धरानमा हुनेछ ।

चौंथो इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन २०२५ को जनवरी २१ देखि २४ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुनेछ भने पाँचौं इभेन्ट सूर्य नेपाल च्यालेन्ज फेब्रुअरी ११ देखि १४ सम्म हुनेछ । यो इभेन्टको आयोजना स्थल भने तय भएको छैन ।

सिजनको छैटा इभेन्ट सूर्य नेपाल एनपिजी टुर च्याम्पियनसिप मार्च १७ देखि २० सम्म गोकर्ण फरेस्ट क्लबमा हुनेछ । सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए म्याच प्ले अप्रिल ८ देखि १० सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

सजनको अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट क्ल्बमा हुनेछ । यो सबैभन्दा धेरै धन राशीको इभेन्ट हो । इभेन्टको कूल पुरस्कार राशी १६ लाख १९ हजार छ ।

सिजन २४/२५ को कूल पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको आयोजकले जनाएको छ । प्रत्येक इभेन्टको विजेताले पुरस्कार राशीको १७ प्रतिशत पाउनेछन् ।

सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट

टूरको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट बिहीबारसम्म हुनेछ । इभेन्टमा ३३ प्रोफेस्नल र सात एमेच्वेर गरि ४० गल्फरले सहभागिता जनाउनेछन् ।

कूल ७२ होलमा खेलाइने इभेन्टको पहिलो चरणमा ३६ होल हुनेछ । जसमध्ये शीर्ष २१ भित्र पर्ने गल्फर दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

इभेन्टको कूल पुरस्कार राशी ८ लाख ८२ हजार हुनेछ । इभेन्टको विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

आयोजकले एमेच्वेर नम्बर वान खेलाडी सद्भाव आचार्यसँगै भुवन नगरकोटी, निरज तामाङ, धन थापा, संजय लामा, रवि खड्का, तोरन शाहीलाई इभेन्टको उपाधि दाबेदारको रुपमा लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल गल्फ संघ (एनजीए)का महासचिव दीपक आचार्य र एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठको सहभागिता थियो ।

‘आगामी एसियाली खेलकुदमा हामीले पदकको लक्ष्य राखेका छौं । डेढ दशकको यो यात्रामा हामीले गल्फमा ठूलै फड्को मारेका छौं,’ आचार्यले भने, ‘यो टूरले हाम्रो पदकको लक्ष्यमा सहयोग मिल्नेछ भन्ने विश्वास गरेका छौं । हामी यसमा मिहिनेत गरिरहेका छौं ।’
 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?