फाल्गुन २२, २०८२ शुक्रबार | ११:०५:४७
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजीए)ले आइतबार पत्रकार सम्मेलन गर्दै टुरअन्तर्गतका आठ इभेन्टको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सिजनको पहिलो इभेन्ट, सूर्य नेपाल सेन्ट्रल ओपन नोभेम्बर २५ देखि २८ सम्म सञ्चालन हुने छ । इभेन्ट गोकर्ण फरेस्ट गल्फ क्लब, काठमाडौंमा हुनेछ ।

सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लब, काठमाडौं तथा तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २३ देखि २६ सम्म धरान गल्फ क्लब, धरानमा हुनेछ ।

चौंथो इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन २०२५ को जनवरी २१ देखि २४ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुनेछ भने पाँचौं इभेन्ट सूर्य नेपाल च्यालेन्ज फेब्रुअरी ११ देखि १४ सम्म हुनेछ । यो इभेन्टको आयोजना स्थल भने तय भएको छैन ।

सिजनको छैटा इभेन्ट सूर्य नेपाल एनपिजी टुर च्याम्पियनसिप मार्च १७ देखि २० सम्म गोकर्ण फरेस्ट क्लबमा हुनेछ । सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए म्याच प्ले अप्रिल ८ देखि १० सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

सजनको अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट क्ल्बमा हुनेछ । यो सबैभन्दा धेरै धन राशीको इभेन्ट हो । इभेन्टको कूल पुरस्कार राशी १६ लाख १९ हजार छ ।

सिजन २४/२५ को कूल पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको आयोजकले जनाएको छ । प्रत्येक इभेन्टको विजेताले पुरस्कार राशीको १७ प्रतिशत पाउनेछन् ।

सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट

टूरको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट बिहीबारसम्म हुनेछ । इभेन्टमा ३३ प्रोफेस्नल र सात एमेच्वेर गरि ४० गल्फरले सहभागिता जनाउनेछन् ।

कूल ७२ होलमा खेलाइने इभेन्टको पहिलो चरणमा ३६ होल हुनेछ । जसमध्ये शीर्ष २१ भित्र पर्ने गल्फर दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

इभेन्टको कूल पुरस्कार राशी ८ लाख ८२ हजार हुनेछ । इभेन्टको विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

आयोजकले एमेच्वेर नम्बर वान खेलाडी सद्भाव आचार्यसँगै भुवन नगरकोटी, निरज तामाङ, धन थापा, संजय लामा, रवि खड्का, तोरन शाहीलाई इभेन्टको उपाधि दाबेदारको रुपमा लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल गल्फ संघ (एनजीए)का महासचिव दीपक आचार्य र एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठको सहभागिता थियो ।

‘आगामी एसियाली खेलकुदमा हामीले पदकको लक्ष्य राखेका छौं । डेढ दशकको यो यात्रामा हामीले गल्फमा ठूलै फड्को मारेका छौं,’ आचार्यले भने, ‘यो टूरले हाम्रो पदकको लक्ष्यमा सहयोग मिल्नेछ भन्ने विश्वास गरेका छौं । हामी यसमा मिहिनेत गरिरहेका छौं ।’
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||