आश्विन ३, २०८१ बिहीबार | ०६:४५:१३
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

'नेपाली फुटबलनिम्ति अझै परिवर्तन आवश्यक छ'

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले चुनावी संघारमा छ । असार ६ गतेका लागि तय गरिएको चुनावले आगामी चार वर्षका लागि एन्फाको केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १३ खुला तथा दुई महिला गरी १५ सदस्यका लागि ८५ मतदाता चयन भइसकेका छन् । चयन भएकामध्ये चार मतदातालाई निर्वाचन समितिले अयोग्य ठहर गरेको छ । त्यसविरुद्ध उनीहरू अपिल कमिटी पुगेका छन् ।

चार वर्षका लागि नेतृत्व लिने उद्देश्यका साथ अहिले चुनावी मैदानमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित तीन जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने अध्यक्ष पदमा राजीव पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचनको तयारीमा अत्यन्तै व्यस्त अध्यक्ष पदका दुई उम्मेदवारसँग खेलाडी डटकमले छोटो कुराकानी गरेको छ । यसैक्रममा हामीले अध्यक्षमा प्रत्याशी वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग ‘अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?’ भनेर सोधेका थियौं ।

प्रस्तुत छ, खेलाडी डटकमका अजय फुयालले नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश:

चुनावको तयारी कस्तो छ ? जित्नुहुन्छ ?

चुनावको तयारी एकदमै राम्रो छ । हामी जित्छौं । क्लबहरू र जिल्लाहरूको समर्थन छ हामीलाई । उम्मेदवारी घोषणा सभामा जति जिल्ला र क्लबहरूको उपस्थिति रह्यो, त्यो हाम्रो जितको आधार हो । त्यसमा अझै मतहरू थपिने क्रम छ । यसले गर्दा हाम्रो जित्ने आधारहरू दिनप्रतिदिन बलियो हुँदै गइरहेको छ ।

पहिला ‘चेन्ज एन्फा’ भन्नुभयो । अहिले ‘चेन्ज कर्मा’ भन्न थाल्नुभएको छ नि ?

चेन्ज कर्मा होइन । चेन्ज एन्फा भनेको त्यतिखेर हाम्रो चाहिँ प्रवृत्ति चेन्ज हुनुपर्छ भन्ने थियो । हिजो हामीले किन चेन्ज एन्फा अभियान, एन्फा शुद्धीकरण अभियान चलायौं भन्दाखेरी हाम्रा कुरा सुनुवाइ भएन, माइन्युटमा अध्यक्ष र महासचिवले मात्र हस्ताक्षर गर्नुहुन्छ । हामीसँग कुनै सल्लाह भएन, पारदर्शिता भएन, सामूहिक नेतृत्व भएन जस्ता कुराहरू लिएर हामीले चेन्ज एन्फा अभियान चलाएका हौं नि त । तर हामी आइसकेपछि पनि तपाईंहरूले देखिराख्न्ुभएको छ, बजेट केन्द्रीकृत हुन्छ, अधिकार केन्द्रीकृत हुन्छ् । अपारदर्शी ढंगले एन्फा चलिरहेको छ । त्यही भएर पनि अहिले हामीले हिजो गरेको परिवर्तन पुगेन, अपुरो भयो । अझै परिवर्तन नेपाली फुटबल निम्ति आवश्यक छ भन्ने लागेर हामीले हाम्रो उम्मेदवारी प्रस्तुत गरेका छौं ।

एन्फामा पंकजविक्रम नेम्वाङको काम नै विरोध गर्ने जस्तो देखियो नि । पहिला गणेश थापाको, अहिले कर्माछिरिङ शेर्पाको ?

होइन, मैले व्यक्तिको विरोध गरेको होइन । मैले कहिले विरोध गरें त व्यक्तिको ? संस्थामा बसिसकेपछि त संस्थाको निर्णयहरू हुने विधिसम्मत, विधानसम्मत, नियमावलीसम्मत हुनुपर्ने भनेर नै आवाज उठाएको हो । कि चाहिँ मैले उठाएको आवाज संस्था विपरीत छ, विधान विपरीत छ, नियमावली विपरीत छ भन्नुपर्यो । होइन भने संस्थाका निम्ति सही आवाज उठाउँदा विरोध हुन्छ भने त्यसलाई म विरोधको रूपमा लिन्न । सही सुझावको रूपमा लिन्छु ।

अब हामीले कतिवटा निर्णय गर्यौं ? एउटा बैठक हुँदा मलाई सम्झना छ, २० वटा एजेन्डा थियो । तर विविधसमेत गरेर हामीले ५४ वटा निर्णय गरेका थियौं । त्यसमा मैले ८/९ वटा निर्णयमा आफ्नो असहमति दर्ज गरेको छु । भनेपछि त्यो बाँकीमा त मेरो पनि सहमति छ नि । मैले असहमति दर्ज गरेको कुराहरू त संस्थाकै पक्षमा थियो नि त ।

विधानविपरीत किर्ते गरेर अहिलेको अध्यक्षले झुक्याएर अधिकार लिइरहनुभएको छ । तर, त्यो चाहिँ विधान विपरीत हो । हामी कसैलाई थाहा नदिई कार्य सञ्चालन कार्यविधि भनेर बनाउनुभएको रहेछ । त्यसमा बैठक नबसेको अवस्थामा कार्यसमितिको अधिकार अध्यक्षले प्रयोग गर्ने भनेर लेखेको रहेछ । त्यो त किर्ते हो । त्यसरी म लिदिनँ ।

चार वर्षअघि कर्माछिरिङ शेर्पाको नेतृत्वमा तपाईंहरूको टिम थुप्रै स्वार्थ समूह मिलेर बनेको थियो । त्यही भएर त्यो लामो समय टिकेन । अहिले तपाईंको पनि त्यस्तै छ । चुनाव जित्नुभयो भने पूरा कार्यकाल यो टिमलाई टिकाइराख्न सक्नुहुन्छ ?

सुन्नुस्, कस्तो छ भने अब फुटबलमा सरोकारवालाहरू कम्ती हुनुहुन्छ । त्यसमाथि मत लिएर आउने झनै कम्ती हुनुहुन्छ । त्यहींभित्रबाट हामीले मिलाएर उम्मेदवारी दिने हो, चुनावमा जाने हो, चुनाव जित्ने हो । त्यसमा चाहिँ म चाहिँ के विश्वस्त छु भने मैले चुनाव जितेर आएँ भने म मेरो टिमलाई चार वर्षसम्म एकजुट भएर अगाडि लैजान सक्छु । त्यो मलाई विश्वास किनभने म कहिल्यै पनि एकल निर्णय गर्दिनँ । सबै कार्यसमितिको अधिकार किर्ते गरेर म लिन्नँ ।

विधानविपरीत किर्ते गरेर अहिलेको अध्यक्षले झुक्याएर अधिकार लिइरहनुभएको छ । तर, त्यो चाहिँ विधान विपरीत हो । हामी कसैलाई थाहा नदिई कार्य सञ्चालन कार्यविधि भनेर बनाउनुभएको रहेछ । त्यसमा बैठक नबसेको अवस्थामा कार्यसमितिको अधिकार अध्यक्षले प्रयोग गर्ने भनेर लेखेको रहेछ । त्यो त किर्ते हो । त्यसरी म लिदिनँ ।

तपाईंहरूलाई थाहै नभई एन्फामा यस्तो कसरी सम्भव भयो त ?

उहाँले नै साधारण सभामा ‘मैले निर्णय घुसाएकै हो’ भनेर भन्नुभएको त तपाईंहरूलाई पनि थाहा छ नि । निर्णयहरू चेन्ज हुन्छ । पटक-पटक निर्णय चेन्ज भएको छ । पटक-पटक निर्णय घुसाइएको छ । हिजो हामीले अध्यक्ष र महासचिवले मात्र हस्ताक्षर गरे, हामीले पनि पाउनुपर्छ भनेर विभिन्न निकायमा उजुरी हाल्ने कर्माछिरिङ शेर्पा, पंकजविक्रम नेम्वाङ र अरू साथीहरू हुनुहुन्थ्यो । हामी आउनेबित्तिकै कर्माछिरिङ शेर्पाज्यूले हामीलाई थाहै नदिई विधानमै व्यवस्था गर्नुभयो, माइन्युटमा अध्यक्ष र महासचिवले मात्र हस्ताक्षर गर्ने भनेर ।

त्यही कारण पनि यो अवस्था आएको हो । म त्यसो गर्दिनँ । म अधिकार सबै साथीहरूलाई, विभिन्न उपसमितिहरू छन्, तिनलाई अधिकार बाँड्छु । अधिकार पूर्ण जिम्मेवारीसहित बाँड्छु । त्यो भनेको जिम्मेवारी दिन्छु, कर्तव्यबोध गराउँछु, जवाफदेहिता हुनुपर्छ भन्छु । त्यसरी काम गर्छु । म अरूजस्तो सबै अधिकार आफू लिएर काम गर्दिनँ । त्यसले गर्दा पनि सम्पूर्ण टिमलाई म क्रियाशील गराउँछु । कार्यसमितिलाई मात्र होइन, जिल्ला, क्लब, सबैलाई क्रियाशील बनाउँछु ।

वर्तमान अध्यक्षले उहाँले गरेका राम्रा कामको रिस गरेर र उहाँले गरेका काममा अवरोध गर्नलाई तपाईंहरूको उम्मेदवारी हो भन्नुभएको छ नि ?

उहाँले अहिले भनेजस्तो राम्रो राम्रो काम चाहिँ अहिलेको हाम्रो कार्यसमितिले के गरेछ ? उहाँले एक्लै गरेको जस्तो भन्दै हुनुहुन्छ । कार्यसमितिमा भएको कामको निर्णयमा हामी कार्यसमितिका सबैको हस्ताक्षर छ । त्यो चाहिँ उहाँले एक्लै लिने ? हामीले चाहिँ विरोधमात्र गर्यौं, राम्रो काम गर्न दिएनौं भन्ने आरोप छ । काम चाहिँ के गरेको छ त राम्रो काम ? हिजो हामीले भनेको कुरा कहाँ के गर्यौं । हामीले सातवटा प्रदेशमा महिला/पुरुष गरी १४ वटा टेक्निकल सेन्टर बनाउँछौं भनेको होइन ? हामीले कहाँ बनायौं ।

रौतहटको महिला टेक्निकल सेन्टर बनायौं । त्यो अहिले सञ्चालनमा छ ? त्यो अहिले खण्डहर भइसकेको छ ।

तपाईंहरूले रोक्नुभयो रे नि ?

कसरी हामीले रोक्यौं ? जब कान्तिपुरमा त्यो बनको जग्गा भन्ने कुरा आयो । त्यसपछि मैले अध्यक्षज्यूलाई ‘यो बनको जग्गा त गाह्रो हुन्छ । मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ । यो तपाईं हामी मिलेर चाँडो गर्नुपर्छ’ भनें । तर उहाँले मलाई ‘म तपाईंलाई च्यालेन्ज दिन्छु, यो म गर्छु’ भन्नुभयो । अब मलाई च्यालेन्ज दिनुभयो । मलाई किन च्यालेन्ज दिनु उहाँले ? मैले त यो बनको जग्गा हो, मन्त्रिपरिषदबाट निर्णय नगरी गर्नु हुँदैन भन्ने मात्र कुरा राखेको हुँ । त्यो त हामीले सञ्चालन गर्न सकेको छैन । अनि अहिले आएर चाहिँ म यस्तो गर्छु, उस्तो गर्छु भन्ने कुराको अर्थ छैन ।

यो सबै विरोध गर्यो भन्नु यो एउटा बहानामात्र हो । एन्फाले काम गर्न सक्दा कर्माजीको नेतृत्वमा थुप्रै काम गर्न सकिन्थ्यो । तर उहाँले त देखावटी काममात्र गर्न खोज्नुभयो । ई-बिडिङ भन्छ, हो ल हामीले पहिलो ई-बिडिङ गर्यौं होला । तर ई-बिडिङ गर्ने निर्णय गर्यौं, यो घर बनाउने निर्णय गर्यौं, ई-बिडिङ गर्यौं । तर ई-बिडिङ गरेपछिको प्रक्रिया पनि छ नि त । त्यहाँ आर्थिक समिति छ । त्यहाँ खरिद समिति छ । त्यहाँ निर्माण समिति छ । तिनीहरू बसेर क-कसले बिड गर्यो हेर्नुपर्यो ।

हामीले पोखराको रंगशाला बनाएको, पुनर्निर्माण गरेको होइन, एन्फाको कार्यसमितिले । दशरथ रंगशाला गरेको होइन, विराटनगरको रंगशाला पुनर्निर्माण गरेको होइन । यत्ति हो, दशरथ रंगशालाको चेन्जिङ रुमहरू बनाउँदा एन्फाको २२-२३ लाख रुपैयाँ खर्च भएको थियो । पूर्वाधारमा देखिने काम कहाँनिर गरेका छौं हामीले ? एउटा रौतहटको टेक्निकल सेन्टर बनायौं, त्यसलाई सञ्चालनमा ल्याउन सकेका छैनौं । च्यासलको रंगशालामा सरकारको लगानी छ, अझै हामीले सञ्चालनमा ल्याउन सकेका छैनौं । १० वटा नगरपालिकामा हामीले ट्रेनिङ सेन्टर बनाउने भनेर सम्झौता गर्यौं । हामीले कहाँ सञ्चालन गर्यौं ? तपाईंहरूलाई थाहा छ एन्फाले कहाँ सञ्चालनमा ल्यायौं भनेर ?

यो सबै विरोध गर्यो भन्नु यो एउटा बहानामात्र हो । एन्फाले काम गर्न सक्दा कर्माजीको नेतृत्वमा थुप्रै काम गर्न सकिन्थ्यो । तर उहाँले त देखावटी काममात्र गर्न खोज्नुभयो । ई-बिडिङ भन्छ, हो ल हामीले पहिलो ई-बिडिङ गर्यौं होला । तर ई-बिडिङ गर्ने निर्णय गर्यौं, यो घर बनाउने निर्णय गर्यौं, ई-बिडिङ गर्यौं । तर ई-बिडिङ गरेपछिको प्रक्रिया पनि छ नि त । त्यहाँ आर्थिक समिति छ । त्यहाँ खरिद समिति छ । त्यहाँ निर्माण समिति छ । तिनीहरू बसेर क-कसले बिड गर्यो हेर्नुपर्यो ।

५० लाखभन्दा बढीको ठेक्का छ भने ती समितिहरूले सचिवालयमा सिफारिस पठाउनुपर्यो । आर्थिक कार्यविधिमा बकाइदा व्यवस्था छ, ५० लाख र त्योभन्दा बढीको ठेक्का दिँदा निर्णय गर्ने अधिकार कार्यसमितिलाई छ । कसलाई ठेक्का दिने भन्ने अधिकार ती समितिको सिफारिसमा कार्यसमितिलाई छ । तर यहाँ त थाहै हुँदैन । ई-बिडिङ गर्ने भन्यो, गर्यो । ककस्ले ठेक्का हाल्यो, थाहै हुँदैन । कार्यसमितिमा कहिल्यै आउँदैन । अब हामीले ई-बिडिङ गर्यौं भनेरमात्र भएन नि । प्रक्रियाहरू पूरा गर्नुपर्यो । तर यहाँ त पारदर्शिता छैन । आँधीमात्र प्रक्रिया पुर्याएर निर्णय गरिन्छ । तर क-कस्ले बिड गर्यो, ती समितिहरूले को-कसलाई सिफारिस गर्यो । त्यसको आधारमा कार्यसमितिले कसलाई ठेक्का दियो भन्ने कुरा कतै छैन । कार्यविधिमा मात्र छ ।

प्रक्रिया पूरा गरेर कहिल्यै भएको छैन । अध्यक्षज्यू अख्तियारले क्लिन चिट दियो मात्र भन्नुहुन्छ । हो अख्तियारले क्लिन चिट दियो । तर अख्तियारले सुझावहरू पनि दिएको छ । नेपालको आर्थिक नियमावली, खरिद ऐन पालना गर्नु भनेर सुझाव दिएको छ । हामीले कहाँ पालना गरेका छौं त ? भन्नुपर्यो नि । कुनै काममा पनि त्यो पालना भएको छैन । अब यो पालना भएन, पालना गर्नुपर्छ भन्नु चाहिँ विरोध हो त ? होइन नि त । पालना गरेको भए संस्थालाई नै राम्रो हुन्थ्यो नि त ।

अहिले उहाँहरूले ‘फिफासँग कति पैसा लिन बाँकी छ । यो १० करोड त केही होइन’ भन्ने गरेको सुनिन्छ । छ भने दिनुपर्यो नि त । म मान्छु फिफाबाट पैसा आउन बाँकी छ । केही पैसा छ । तर अहिले त एक लाख रुपैयाँ खर्च गर्न पनि फिफाले त सबै कागजपत्र क्रोलले पास गर्नुपर्छ । फिफाले पास गर्नुपर्छ । यो अवस्था किन आयो ? पहिले त यस्तो अवस्था आएको थिएन ।

हाम्रो एउटा स्थायी समिति छ, अडिट एन्ड कम्प्लान्स । त्यो समितिले हामी आउनेबित्तिकै संस्थाको कहाँ कहाँ कमजोरी छन् र सुधार गर्नुपर्ने कुरा के के छन्, यसरी सुधार गर्दै जानु भनेर एउटा रिपोर्ट दियो । त्यो रिपोर्टलाई रद्दीको टोकरीमा थन्क्याइयो । रिपोर्टअनुसार हामीले संस्थामा कहा-कहाँ कमजोरी छ, कहाँ-कहाँ सुधार गर्नुपर्छ भन्ने अनुसार गर्दै गएको भए संस्थाको अवस्था अहिले यस्तो हुने थिएन । हामीले फाइनान्स डाइरेक्टरलाई निलम्बित गर्नुपर्ने अवस्था आउँदैनथ्यो । हामीले आर्थिक कारोबारमा कमी कमजोरी गरेको कारण फिफाले क्रोल कम्पनी एन्फामा पठाउँदैनथ्यो ।

अहिले उहाँहरूले ‘फिफासँग कति पैसा लिन बाँकी छ । यो १० करोड त केही होइन’ भन्ने गरेको सुनिन्छ । छ भने दिनुपर्यो नि त । म मान्छु फिफाबाट पैसा आउन बाँकी छ । केही पैसा छ । तर अहिले त एक लाख रुपैयाँ खर्च गर्न पनि फिफाले त सबै कागजपत्र क्रोलले पास गर्नुपर्छ । फिफाले पास गर्नुपर्छ । यो अवस्था किन आयो ? पहिले त यस्तो अवस्था आएको थिएन । हामी सुशासन गर्छौ, पारदर्शिता गर्छौं भनेर एन्फामा आइसकेपछि आर्थिक पारदर्शिता नै हामीले गर्न नसकेको ज्वलन्त प्रमाण त फिफाले क्रोल कम्पनी पठाउनु हो । अहिले तीन/चार करोड रुपैयाँ एन्फालाई दिने पैसाबाट काटेर फिफाले त्यो कम्पनीलाई दिन्छ ।

हिजो तपाईंहरूले निकै विरोध गरेका पूर्वअध्यक्ष गणेश थापाकै समर्थनमा तपाईंको उम्मेदवारी हो रे नि त ?

उहाँहरूले मेरो विरोध गर्नुपर्ने कारण केही पाउनुभएन । अनि त्यो आरोप लगाउनुभएको छ । हिजो गणेश थापाजीसँग भएका साथीहरू अहिले मेरो टिममा छन् । तर, त्यो गणेश थापाजीको कारणले होइन । गणेश थापाजी त अहिले प्रतिबन्धित अवस्थामा हुनुहुन्छ । तर उहाँसँग पहिला भएका साथीहरू, देखिएका साथीहरू यता हुनुहुन्छ ।

हिजो कर्माजी पनि उहासँगै हुनुहुन्थ्यो, म पनि उहाँसँगै थिएँ । बीचमा कर्माजी र हामी एकापट्टि भयौं । केही साथीहरू उतातिर हुनुभयो । अहिले ती साथीहरू हुँदाखेरि मलाई त्यस्तो आक्षेप लगाउनु भनेको उहाँले मप्रति केही खोट नदेखेर गर्नुभएको हो । जो जो साथीहरू आउनुभएको छ, उहाँहरू पंकजले फुटबलमा सबैलाई समेटेर राम्रो काम गर्छ, फुटबलको भलोमा काम गर्छ, खेलाडी प्रशिक्षक, रेफ्री, जिल्ला, क्लबहरूको पक्षमा काम गर्छ ।

नेपाली फुटबललाई केही उचाइ दिलाउँछ भन्ने विश्वास लिएर उहाँहरूले टिममा रहेर मलाई साथ दिइरहनुभएको छ । मलाई त अहिले मबाहेक अरू दुई जना अध्यक्ष पदका उम्मेदवारहरू कर्माजी र राजीव पौडेलजीले पनि अन्तिममा आएर मलाई विश्वास गर्नुहुन्छ भन्ने लाग्छ । मेरो एजेन्डालाई मन पराएर को-को आउँछन्, त्यसमा म यो फलानाको मान्छे, त्यो तिलानाको मान्छे भनेर विभेद गर्दिनँ ।

तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी नेपाली फुटबलको विकासका निम्ति हो । सबैभन्दा मुख्य कुरा मसँग एउटा दृढ विश्वास, दृढ इच्छा र दृढ शक्ति के छ भने म इमानदार भएर नेपाली फुटबलको निम्ति काम गरिरहेको छु । भविष्यमा पनि गर्छु । म सबै अधिकारहरू केन्द्रीकृत गरेर काम गर्दिनँ । सबै अधिकारहरू बाँडफाँट गरेर सबैलाई जिम्मेवारी दिएर काम गर्छु ।

अधिकारको बाँडफाँट भयो भने सामूहिक निर्णय हुन्छ । विभिन्न समितिहरू छन्, ती समितिका सुझाव लिएर म काम गर्छु । विधानमै हामीले सबै डिभिजनका लिग गर्ने कुरा कोरेका छौं । म सबै डिभिजनका लिग व्यवस्थित गर्ने, राष्ट्रिय लिग गर्ने, ग्रासरुटलाई स्थानीय तहसँग समन्वय गरेर अझ व्यापक बनाउने हाम्रो योजनामा डटेर काम गर्छु ।

स्थानीय र प्रदेश सरकारले अहिले खेलकुदमा राम्रो बजेट विनियोजन गरेका छन् । ती पैसालाई हामीले बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ । जिल्ला, क्लब र जिल्लाका क्लबहरूमा एकेडेमीहरू सञ्चालन गर्ने काम गर्नुपर्छ । अहिले हेर्नुहुन्छ भने हाम्रोमा उमेर समूहमा खेलाडी छैनन् भन्दा पनि हुनेछ । धरान र बुटवलका टेक्निकल सेन्टरमा ५५ जना खेलाडी छ । त्यो खेलाडीले हाम्रो जेनेरेसन ग्यापलाई थेग्दैन ।

त्यसैले धेरैभन्दा धेरै एकेडेमीहरू सञ्चालनमा ल्याउनुपर्छ । त्यसमा महिला र पुरुषका विभिन्न उमेर समूहका एकेडेमीहरू चलाउनुपर्छ । मैले चार वर्षभित्र स्थानीय सरकारहरूसँगको सहकार्यमा विभिन्न जिल्ला र क्लबमा गरी कम्तीमा ५० वटा एकेडेमी चलाउने सोच बनाएको छु । यो सम्भव पनि छ ।

हामीले हिजो केही सीमित स्रोत-साधनका बीच एकेडेमी चलाउँदा पनि उमेर समूहमा धेरै राम्रो थियौं । तर अहिले आएर हेर्दा उमेर समूहमा हामी साफमा सबैभन्दा कमजोर मानिएका देशहरूसँग पनि हार्न थालिसक्यौं । हामीसँग उमेर समूहको टिम नै छैन । अब अहिले यु-२० को टिम बनाउन सबै जिल्लामा सेलेक्सन गर्दैछौं । त्यस्तो अवस्था नआओस् भन्नका लागि हामीसँग योजना हुनुपर्छ । एकपटक हामीले बजेट प्रस्तुत गर्दा मैले नोट अफ डिसेन्ट लेखेको छु । यो बजेटले नेपालको राष्ट्रिय फुटबल टिम राम्रो हुँदैन । राष्ट्रिय फुटबल टिमलाई कसरी बलियो बनाउने र कसरी राम्रो नतिजा ल्याउने भन्ने कुरा हामीले बजेटमै उल्लेख गर्नुपर्छ । बजेट त्यसरी प्रस्तुत गर्नुपर्छ भन्ने मेरो मत थियो ।

सबैभन्दा ठूलो कुरा त इमान्दार हुनुपर्यो । अहिले हाम्रो टिमका साथीहरू इमान्दार छन् । हाम्रो टिमका साथीहरू फुटबललाई माया गर्छन्, मन पराउँछन् । उहाँहरू चाहिँ मन पराउनुमात्र हुन्छ । हामी चाहिँ माया गर्छौं । माया गर्नेले विना स्वार्थ त्यसलाई गोडमेल गर्छ । मन पराउनेले मात्र चाहिँ त्यसलाई आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम पनि बनाउँछ । हाम्रो टिमले त्यस्तो गर्दैन ।

क्लब फुटबलको कुरा गर्नुभयो । ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका लिग कस्तो हुन्छ त ?

हाम्रो सोच चाहिँ अहिले भइरहेको ‘ए’ डिभिजनको लिगलाई अलिकति लामो लैजाने भन्ने हो । हामीले राष्ट्रिय लिग गर्ने भन्यौं, तर गरेनौं । मोफसलका चारवटा क्लबहरू अहिले आएर बसेका चार क्लब र ‘ए’ डिभिजनका शीर्ष ६ क्लब लगेर गर्ने भनेका थियौं । त्यो भएको छैन । त्यो हामी सुरु गर्छौं । त्यसैगरी हामी ‘बी’ र ‘सी’ को पनि त्यो गर्ने योजना बनाउँछौं ।

लिगलाई जति लामो गर्यो, जति व्यवस्थित गर्यो त्यो नेपाली फुटबलका लागि राम्रो हुन्छ । यसको लागि पनि अब ‘ए’ डिभिजन क्लब, हाम्रो कार्यसमिति, विज्ञको टिम सबै बसेर कसरी गर्दा नेपाली फुटबलको सबै डिभिजनका लिग राम्रो हुन्छ भन्ने हुन्छ, त्यसैगरी सबैको सल्लाहमा कार्यक्रम अगाडि बढाउँछौं । अहिले लिग चलिरहँदा जति पनि कुरा बाहिर बजारमा आइरहेका छन्, इन्टिग्रिटीले विगतको ‘ए’ डिभिजन लिगमा जुन क्लबलाई कारबाही गरेको छ, त्यस्ता कुरामा हामी शून्य सहनशीलता अपनाउँछौं ।

त्यो कुरा भन्नाले ?

तपाईंलाई पनि थाहा हुनुपर्ने हो । ‘ए’ डिभिजन लिगमा म्याच फिक्सिङ भएर दुईवटा क्लबका एक खेलाडी र एक क्लबका टिम म्यानेजर कारबाहीमा परेको तपाईंहरूलाई पनि थाहा हुनुपर्ने हो । हिमालयन शेर्पा र सरस्वती क्लबको एउटा खेलमा म्याच फिक्सिङ भयो भनेर इन्टिग्रिटीले करबाही गरेन ? तपाईंले बिर्सिनुभएको त छैन होला ।

अन्तमा, एन्फाको चुनाव महँगो छ भन्ने चर्चा छ नि ?

मलाई त्यस्तो लाग्दैन । चुनाव भन्नेबित्तिकै केही खर्च त हुन्छ । तर महँगो, सस्तो भन्ने हुँदैन । सामान्य खर्च त आउँछ । सामान्य भन्नाले सम्पर्क कार्यालय हुनुपर्यो । त्यहाँ साथीभाइहरू आउँछन्, सरसल्लाह हुन्छ, योजना बन्छन् । सामान्य चिया, खाजा, खाना खानुपर्यो । त्यो त हुन्छ । सामान्य खर्चमात्र हुने हो । त्यसलाई अन्यथा मान्नुहुँदैन । तर अनावश्यक रूपमा निर्वाचन आचारसंहितामा असर गर्नेगरी गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024