माघ १९, २०८२ सोमबार | ०१:५५:३५
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

काठमाडौं, (खेलाडी) – आगामी १३औं साफलाई लक्षित गरेर नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा छिमेकी टोली भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन् । सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन् । नेपालले छिमेकी प्रतिद्वन्द्वी भारतसँग हालसम्म १९ पटकको भेटमा दुई पटक मात्र जित निकाल्दा १३ खेलको नतिजा सुम्पिएको छ । चार खेल भने बराबरीमै टुङ्गिएका थिए ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि २–१ को पछिल्लो जित निकालेको थियो । दुवै टोली आगामी साफ च्याम्पियनसिपको तयारीमा नै व्यस्त छन् । नेपालले घरेलु भूमिमा पछिल्लो पटक भारतसँग सन् २०१५ मा आतिथ्यता गरेको थियो ।

सन् २०१८ को विश्वकप छनोट चरणअन्तर्गत भएको उक्त छनोट खेलमा नेपालले घरेलु भूमिमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । दुई मैत्रीपूर्ण खेलमा सात पटकको साफ च्याम्पियन भारतसँग जित निकाले नेपालले आगामी १३औं साफमा पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछ । नेपालले दक्षिण एसियाको फुटबल प्रतिस्पर्धामा हालसम्म सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । 

साफ च्याम्पियनसिप जित्न नसकेका तीन राष्ट्रमा नेपालसहित पाकिस्तान र भुटान हुन् । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरिसकेका छन् । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ को महामारीका कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी प्रस्तुत गरेका हुन् ।

नेपालले यसअघि दुई पटक सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो भने माल्दिभ्सले सन् २००८ मा श्रीलंकासँग मिलेर साफको आयोजना सम्पन्न गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।