चैत्र १३, २०८२ शुक्रबार | ०८:२२:३३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

काठमाडौं, (खेलाडी) – आगामी १३औं साफलाई लक्षित गरेर नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा छिमेकी टोली भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन् । सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन् । नेपालले छिमेकी प्रतिद्वन्द्वी भारतसँग हालसम्म १९ पटकको भेटमा दुई पटक मात्र जित निकाल्दा १३ खेलको नतिजा सुम्पिएको छ । चार खेल भने बराबरीमै टुङ्गिएका थिए ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि २–१ को पछिल्लो जित निकालेको थियो । दुवै टोली आगामी साफ च्याम्पियनसिपको तयारीमा नै व्यस्त छन् । नेपालले घरेलु भूमिमा पछिल्लो पटक भारतसँग सन् २०१५ मा आतिथ्यता गरेको थियो ।

सन् २०१८ को विश्वकप छनोट चरणअन्तर्गत भएको उक्त छनोट खेलमा नेपालले घरेलु भूमिमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । दुई मैत्रीपूर्ण खेलमा सात पटकको साफ च्याम्पियन भारतसँग जित निकाले नेपालले आगामी १३औं साफमा पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछ । नेपालले दक्षिण एसियाको फुटबल प्रतिस्पर्धामा हालसम्म सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । 

साफ च्याम्पियनसिप जित्न नसकेका तीन राष्ट्रमा नेपालसहित पाकिस्तान र भुटान हुन् । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरिसकेका छन् । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ को महामारीका कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी प्रस्तुत गरेका हुन् ।

नेपालले यसअघि दुई पटक सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो भने माल्दिभ्सले सन् २००८ मा श्रीलंकासँग मिलेर साफको आयोजना सम्पन्न गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो