चैत्र ९, २०८२ सोमबार | १७:११:०४
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

काठमाडौं । सन्तोष यादवको अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशीलाई पराजित गरेको छ । ।

जनकपुरमा सोमबार सम्पन्न खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । सन्तोषले ब्याटिङमा ४८ रन बनाउँदा बलिङमा ७ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए ।

कोशीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २४९ रनको योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान देबले सर्वाधिक ९२ रन जोडे ।  उनले १०० बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे ।

देव आफ्नो तथा प्रदेशका लागि पहिलो शतक बनाउँन मात्र ८ रनले चुकेका थिए । सन्तोष यादब ६२ बलमा ४८ रनमा आउट हुँदा राजेन्द्र बम १६ रनमा अविजित रहे । कोशीका लागि कप्तान सुजन थपलियाले ४ तथा दिपेश कँडेलले २ विकेट लिए ।

२५० रनको लक्ष्य पछ्याएको कोशी ३१ दशमलब ४ ओभरमा १०१ रन जोड्दै अल आउट भयो । कोशीका लागि पुर्व कप्तान अंकित सुवेदी ४६ बलमा सर्वाधिक ३० रनमा आउट भए । कप्तान सुजन थपलिया ११ र दीपेश कँडेलले १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्न सन्तोष यादवले ४, राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट लिए । पहिलो खेलमा कर्णाली प्रदेशसँग समान १ अंक बाडेको लुम्बिनी जितका साथ ३ अंकमा पुगेको छ । पहिलो खेलमा मधेश प्रदेशसँग अंक बाडेको कोशीको २ खेलबाट १ अंक रहेको छ ।

प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो