फाल्गुन ३०, २०८२ शनिबार | ०१:१७:२८
महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित

पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको चुनौती १-० ले पन्छाउँदै मछिन्द्र एफसी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रका लागि अविनाश स्याङ्ताङले निर्णायक गोल गरे । जितसँगै १० खेलमा २५ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । पुलिस समान खेलमा ८ अंक जोड्दै १२औं स्थानमा छ ।

दशरथ रंगशालामै भएको तेस्रो खेलमा लालिगुराँस एसोसिएसन र मनाङ मर्स्याङ्दी क्लबले गोलरहित बराबरी खेले । लालिगुराँसको यो लगातार चौथो बराबरी हो । योसँगै लालिगुराँसले तेस्रो स्थानमा उक्लिने अवसर गुमायो । अहिले लालिगुराँस ११ खेलमा २१ अंक जोड्दै पाँचौं स्थानमा छ । समान खेलमा १३ अंक जोड्दै मनाङ नवौं स्थानमा छ ।

त्यसअघि बिहान १० बजे भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५-२ ले हरायो । यो खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको थियो । दिनको समाप्तिसँगै प्लानिङ ११ खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा छ । समान खेलमा ७ अंक जोड्दै चित्लाङ पुछारबाट तेस्रो स्थानमा छ ।

लिगमा शनिबार दुई खेल हुनेछन् । सातदोबाटोमा हुने पहिलो खेलमा नव जन जागृति क्लब र सातदोबाटो युवा क्लब भिड्नेछन् । खेल बिहान १२ बजे हुनेछ । साँझ ६ बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र श्री भगवती क्लब आमने–सामने हुनेछन् ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||