माघ २५, २०८२ आइतबार | १०:०९:५७
बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ?

चेल्सी, आर्सनल र युनाइटेडको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेडले सहज जित निकालेका छन् ।

कोल पाल्मरले ह्याट्रिक गरेपछि चेल्सीले उल्भ्सलाई ३–१ ले हरायो । उनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १३औं मिनेटमा पेनाल्टी मार्फत अग्रता बनाएका पाल्मरले ३५औं मिनेटमा पेनाल्टीमै दोस्रो गोल गरे । तेस्रो गोल भने तीन मिनेट पछि नै सम्भव भएको थियो । घरेलु टोली उल्भ्सको लागि टोलु आरोकोडारले गरेका थिए ।

यता, शीर्ष स्थानमा रहेको आर्सनलले सन्डरल्यान्डलाई ३–० ले हरायो । आर्सनलको जितमा भिक्टोर ग्योकेरेसले दुई गोल गर्दा मार्टिन जुबिमेन्डीले एक गोल थपेका थिए ।

युनाइटेडले भने १० खेलाडीमा सिमित भएको टोटनहमलाई २–० ले हराएको हो । युनाइटेडको जितमा ब्रायन एमबोउमो र ब्रुनो फर्नान्डेजले समान एक गोल गरेका थिए । यसअघि खेलको २९औं मिनेटमा क्रिष्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटनहम १० खेलाडीमा सिमित बनेको थियो ।

अन्य खेलाडीमा न्युक्यास ब्रेन्टफोर्डसँग ३–२ ले बर्नली वेष्टहमसँग र फुलहम एभर्टनसँग २–१ ले पराजित भएका थिए ।

आइतबारको खेलसँगै आर्सनलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । यद्यपि, दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले एक खेल कम खेलेको छ ।

आर्सनको २५ खेलबाट ५६ तथा सिटीको २४ खेलबाट ४७ अंक छ । समान ४७ अंक भएपनि एष्टन भिल्ला तेस्रो छर ४४ अंकको म्यानचेष्टर युनाइटेड ४४ अंकसहित चौथो स्थानमा छ । चेल्सी पनि ४३ अंकसहित पाँचौं स्थानमा छ ।
 


भिडियो
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai