माघ २४, २०८२ शनिबार | १७:२४:०६
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित

बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन

काठमाडौं । सर्वाधिक सफल टोली एवम् साबिक विजेता बंगलादेशलाई हराउँदै भारत साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न सातौं संस्करणको फाइनलमा भारतले बंगलादेशमाथि ४–० को सहज जित हासिल गर्यो । बंगलादेशलाई हराउन कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले त्यसपछि तीन गोल थप्यो ।

माथिल्लो उमेर समूहमा भारतको यो तेस्रो उपाधि हो । सन् २०२२ मा घरेलु भूमिमा सम्पन्न तेस्रो संस्करणमा भारत पहिलोपटक च्याम्पियन बनेको थियो । त्यसपछि २०२४ मा ढाकामा सम्पन्न पाँचौं संस्करणमा भारत र बंगलादेशलाई संयुक्त च्याम्पियन घोषणा गरिएको थियो ।

त्यतिबेला निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पनि खेल ११–११ को बराबरी भएपछि भारतलाई ‘क्वाइन टस’ गरिएको थियो । पछि बंगलादेशको अपिलमा दुबैले ट्रफी उचालेका थिए ।

पछिल्ला तीन संस्करण उपाधि उचालेको बंगलादेश पाँचपटकको च्याम्पियन हो ।

यसपाली प्रतियोगितामा चार टोलीको सहभागिता थियो । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष दुईमा अटाएका भारत र बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।

बंगलादेशले लिग चरणमा तीनवटै खेल जितेको थियो । भारतले लिग चरणमा बंगलादेशलाई २–० को नतिजा सुम्पिएको थियो । जितसँगै भारत उक्त हारको बदलासमेत लिन सफल भयो ।
 


भिडियो
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता