माघ २४, २०८२ शनिबार | २३:१८:००
विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको आइसिसी ट्वान्टी–२० विश्वकप २०२६ मा नेपालको खेल काठमाडौंका खुला चौरमा निःशुल्क देखाइने भएको छ ।

ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रत्यक्ष प्रसारण टुडिखेल र तिनकुने चौरमा देखाउन लागिएको हो ।

कार्यक्रमले घरेलु समर्थकलाई एकै स्थानमा भेला भएर राष्ट्रिय टोलीको समर्थन गर्ने अवसर प्रदान गर्ने विश्वास लिएको ओपन डोर्सका निर्देशक एलिन श्रेष्ठले बताए ।

ओपन डोर्सले गत संस्करण पनि नेपालले खेलेका खेलहरुको निःशुल्क प्रत्यक्ष प्रसारण गरेको थियो । जतिबेला ५० हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

क्रिकेटप्रति नेपाली समर्थकको क्रेज अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा विशेष आकर्षणका रुपमा स्थापित भएको थियो । समर्थकको अपार स्नेह, लगाव र सम्मानको कदर स्वरुपनै प्रत्यक्ष प्रसारणले निरन्तरता पाएको ओपन डोर्सले जनाएको छ ।

खेल सुरु हुनुअघि दर्शकको मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै खानपिन, सूचना तथा मनोरञ्जनका लागि विभिन्न स्टलहरुको व्यवस्था गरिएको छ ।

टुडिखेलमा महेश काफ्ले, अस्मिता अधिकारी, यमन श्रेष्ठ र निशा देशारले सांगीतिक प्रस्तुति दिनेछन् । त्यस्तै निकुनेमा ८८४८, कुमार सागर एन्ड दी खोपा, दीपक बज्राचार्य, हाइजिस, फोल्कट्रोनिक्स, सज्जा एन्ड दि लोडिङलगायत सांगीतिक ब्यान्ड र र्यापर भ्योमाले मनोरञ्जन दिने ओपन डोर्सले बताएको छ ।

 


भिडियो
विश्वकपमा तक्लु दाइले कमेन्ट्री गर्ने, दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai