माघ २४, २०८२ शनिबार | ०२:३१:०१
विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित
शनिबारको दिन

पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ?

सरगत । ट्वान्टी-२० विश्वकप क्रिकेट आज सुरु हुँदै छ, भारत र श्रीलंकाली भूमिमा । तर एउटा तथ्यले यो पूरा विश्वकपलाई किरकिर पारिरहेको छ । त्यो हो, भारतविरुद्धको लिग चरणको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय । त्यसो त अहिलेसम्म पाकिस्तानी क्रिकेट बोर्डले प्रतियोगिताको समूह ‘ए’ मा भारतविरुद्धको खेल नखेल्ने भनेर औपचारिक रूपमा केही भनेको छैन । अविश्वसनीय ढंगले चुपचाप बसेको छ । पाकिस्तानी सरकारले मात्र भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो ।

त्यसैले एक खाले अन्योल अझै कायम छ । भारतीय टिमका कप्तान सूर्यकुमार यादवले पनि भनिसकेका छन्, पाकिस्तानविरुद्धको खेलका लागि श्रीलंका जाने कार्यक्रम छ, कोलम्बोको टिकट पनि काट्ने काम भइसकेको छ । भलै, पाकिस्तान आए पनि नआए पनि । यस्तोमा एउटा प्रश्न बन्छ, भारत र पाकिस्तानबीच प्रतियोगिताको कुनै मोडमा थप भेट भए के हुनेछ ? यसबारे पाकिस्तानी टोलीका कप्तान सलमान आगाले बोलिसकेका छन् ।

उनका अनुसार यसबारे फेरि दोहो¥याएर सरकारी आदेश के हुन्छ, त्यो हेरिनेछ । प्रतियोगिताको खेल तालिकाअनुसार दुई छिमेकीबीच सेमिफाइनल वा फाइनलमा भेट हुने सम्भावना कायम छ । आगाले कोलम्बोमा आयोजित क्याप्टेन्स डेमा भनेका छन्, ‘भारतविरुद्धको खेल खेल्ने नखेल्ने निर्णय हाम्रो हातमा छैन । यदि सेमिफाइनल वा फाइनलमा फेरि भारतविरुद्ध खेल्नुपर्ने स्थिति आएमा पाकिस्तानी सरकारले कस्तो आदेश दिनेछ, त्यसै अनुसार गर्नेछौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बंगलादेशलाई प्रतियोगिताबाट हटाएपछि त्यसको विरोधमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेको हो । बंगलादेशले सुरुमा सुरक्षाको कारण देखाएर भारतमा नखेल्ने भनेको थियो । त्यसपछि बंगलादेशले आफ्नो खेल श्रीलंकामा सार्न अनुरोध गरेको थियो । तर आईसीसीले बंगलादेशको कुरा सुनेन र उसलाई प्रतियोगिताबाट नै हटाएको थियो । बंगलादेशको स्थानमा स्कटल्यान्डले प्रतियोगिता खेल्दै छ ।

यसैबीच एउटा नयाँ घटनाक्रम के विकास भएको छ भने क्रिकेट श्रीलंकाका अध्यक्ष सामनी सिल्भाले पाकिस्तानी क्रिकेट बोर्डलाई एक पत्र लेख्दै भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिन अनुरोध नै गरेका छन् । उनले भनेका छन्, यो खेल नहुने हो भने त्यसको ठूलो आर्थिक क्षति हुनेछ । यस्तै पाकिस्तानी क्रिकेट आफैले पनि भविष्यमा ठूलो आर्थिक क्षति बेहोर्नुपर्नेछ । यो घाटा करोडौं डलरसम्मको हुनेछ ।

पछिल्लो समय विश्व क्रिकेट भन्नु नै भारतीय क्रिकेट जस्तो स्थिति छ । यसको कारण भनेको विश्व क्रिकेटको जति पनि कमाइ छ, त्यसमा भारतको ९० प्रतिशतको हाराहारीमा योगदान रहनु हो अनि पाकिस्तानी क्रिकेटको कमाइको धेरैभन्दा धेरै अंश आइसिसीको अनुदान नै रहेको छ । बंगलादेशी क्रिकेटको स्थिति पनि यस्तै छ । त्यसैले बंगलादेशले यो विश्वकप नखेल्नु र पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्नुले ती दुवैलाई ठूलै आर्थिक घाटा हुनसक्ने निश्चित छ ।

यति हुँदाहुँदै पाकिस्तानले भारतविरुद्धको सम्भावित सेमिफाइनल वा फाइनल नै खेल्न चाहने भने के हुन्छ ? यो स्थिति भने वास्तवमै अकल्पनीय छ । दक्षिण एसियाको भूराजनीतिले क्रिकेट कति धेरै प्रभावित हुनसक्छ भन्नको लागि यो एउटा नराम्रो उदाहरण पनि बनेको छ । यिनै कारणले भविष्यमा दक्षिण एसियाका अन्य खेल तालिका र गतिविधि पनि प्रभावित हुने सम्भावना अझ डरलाग्दो छ ।