काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी पुरुष ट्वान्टी –२० विश्वकपमा आज (आइतबार) दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘सी’ को यो खेल मुम्बईस्थित वानखेडे रंगशालामा दिउसो सवा ३ बजे सुरु हुनेछ ।
नेपाल र इङ्ल्यान्ड पहिलो पटक कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । नेपाली क्रिकेटले अहिले सम्म सामना गर्न लागेको यो नै सबैभन्दा ठूलो प्रतिस्पर्धी हो ।
यो प्रतिस्पर्धालाई टेष्ट राष्ट्र र एसोसिएट राष्ट्रबीचको लडाईको रुपमा हेरिएको छ । हाल टी २० वरियतमा इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । नेपाल भने १६औं स्थानमा छ ।
इंग्ल्यान्ड पछिल्लो पटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो । नेपाल भने समूह चरणबाट माथि बढ्न सकेन ।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक नेपालको खेलमा केन्द्रित हुने बताएका छन् । ‘हाम्रो पहिलो खेल नेपालसँग छ । हामी वर्तमानमा रहनेछौं,’ उनले भने, ‘हामी यहाँ उपाधि जित्न आएका हौं । त्यसैले सबै विपक्षीलाई सम्मान गरेर खेल्छौं ।’
नेपालका कप्तान रोहितले टेष्ट राष्ट्रविरुद्ध पछिल्लो समय खेलिरहेकाले इङ्ल्यान्डविरुद्धको पहिलो भेटमा पनि उच्च मनोबलले खेल्ने बताए । ‘हामीले पछिल्लो समय टेष्ट राष्ट्रसँग खेलिरहेका छौं,’ रोहितले भने, ‘त्यसैले हामी यो पटक टेष्ट राष्ट्रलाई हराउन खेल्छौं ।’
समूह सी मा नेपाल र इङ्ल्यान्डसँगै इटाली, वेष्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् ।
इङ्ल्यान्डको प्लेइङ ११
ह्यारी ब्रुक (कप्तान) फिल साल्ट, जस बट्लर, ज्याकोप बेथेल, टम बान्टन, साम करन, विल ज्याक्स, लिआम डावसन, जोफ्रा आर्चर, आदिल रसिद र लुक विड
विश्वकपमा तक्लु दाइले कमेन्ट्री गर्ने, दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
