माघ १७, २०८२ शनिबार | १०:५२:३१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

पट्यारलाग्दो प्रिमियर लिग

काठमाडौं । पछिल्लो तथ्यांकले इंङ्लिस प्रिमियर लिग र त्यहाँ खेल्ने क्लबका हाकिमहरुलाई पक्कै खुसी बनाएको हुनुपर्छ । किनभने गएको बिहीबार इंङ्ल्यान्ड बिहान उठ्दा च्याम्पियन्स लिगको ताजा तालिका आइसकेको थियो । जहाँ युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको शीर्ष आठमध्ये पाँच स्थान इंङ्लिस क्लबले ओगटेका थिए । ती पाँचसँगै च्याम्पियन्स लिग खेलिरहेको अर्को क्लबले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

यति मात्र होइन भर्खरै प्रकाशित डेलोइटको ताजा तालिका पनि इंङ्लिस फुटबलका लागि सुखद् बनेको छ । फुटबल मनी लिग भनेर भनिने यो तालिकामा युरोपेली क्लब फुटबलमा वर्षेनी सर्वाधिक कमाई गर्ने क्लबलाई समावेश गरिन्छ । इंङ्ल्यान्डका ठूला भनिएका क्लब यो तालिकामा हुनुलाई अचम्म मानिँदैन। तर पछिल्ला सिजनमा रेलिगेसनबाटै बच्न पनि संघर्षरत वेस्टह्याम युनाइटेड पनि धनी क्लबको सूचिमा परेको छ । वेस्टह्यामसँगै कुल नौ इंङ्लिस क्लब विश्वका सर्वाधिक २० धनी क्लबका रुपमा सूचिकृत भएका छन् ।

डेलोइटको सूचिमा इंङ्लिस क्लबहरुको यो बाक्लो उपस्थितिको मतलब यही हो, यो लिगले अथाह पैसा कमाइरहेको छ। त्योबाहेक यो सन्देश फेरि एकपल्ट पक्का प्रवाह भएको छ, इंङ्लिस प्रिमियर लिग विश्वको सर्वश्रेष्ठ लिग हो । खासमा यसलाई युरोपकै सुपर लिग भन्दा पनि हुन्छ ।

तर फुटबल खेलको कोणबाट चाहिँ, विशेषगरि यो सिजन भइरहेका प्रदर्शनका आधारमा भन्दा, प्रिमियर लिगले भिरेको सर्वश्रेष्ठ लिगको पगरीमाथि प्रश्न उठाउन पाइन्छ ।

इंङ्लिस प्रिमियर लिगलाई यसपालि किन सर्वश्रेष्ठ लिग भन्न हिच्चिकिचाउने ? अहिलेसम्म भइसकेका खेलका तथ्यांकले जवाफ दिन्छन्। यस सप्ताहन्तअघि भएका खेलहरुका आधारमा बटुलिएका तथ्यांकका अनुसार, यो लिगमा प्रति खेल मात्र २.७ गोल भएका छन् । ओपन प्लेमा गरिने गोलको संख्या पनि घटेको छ। खेल दौरान हुने प्रहारको संख्या पनि घटेको छ । प्रहारको यही दर कायम रहने हो भने, यसपालि प्रहार दरको संख्या प्रिमियर लिग इतिहासकै दोस्रो कम हुनेछ ।

 प्रिमियर लिग हाल प्रिमियर लिग जस्तो पक्कै छैन । यो लिग अल्छीलाग्दो बनेको छ। सायद यो पनि भन्न सकिन्छ, प्रिमियर लिगको आफ्नो यात्राको त्यो बिन्दूमा पुगेको छ, जहाँ पुर्नताजगीको आवश्यकता छ ।

यो सिजन प्रिमियर लिगमा १७ खेल गोलरहित बराबरीमा सकिएका छन् । गत सिजनभर जम्मा १६ खेलमा मात्र गोल भएका थिएनन् । सन् २०२०–२१ सिजन यता पहिलोपल्ट यत्तिका धेरै खेल गोलरहित बराबरीमा सकिएका हुन् । गत सोमबार बर्नमाउथका मार्कस ट्राभरनियरले ब्राइटनविरुद्ध पेनाल्टी गोल नगरेको भए, त्यस सप्ताहन्त प्रिमियर लिगको इतिहासकै कम गोल भएको सप्ताहन्त बन्ने थियो ।

जारी सिजन २३ चरणका खेल सकिएका छन् । यसकारण सम्भावना यो पनि छ कि आउँदा खेलमा तथ्यांक सुध्रिन सक्छन् । गएका दुई सिजनमा प्रिमियर लिगको इतिहासमै सर्वाधिक गोल भएका थिए । सन् २०२३–२४ मा प्रति खेल ३.३ र गत सिजन प्रति खेल २.९ गोल भएको तथ्यांक छ । यत्तिका गोल हुनुको एक कारण हो, लामो इन्जुरी समय थपिनु ।  

तर हालसम्म जे जति तथ्यांक बटुलिएका छन्, जसरी खेल खेलिएका छन्, यिनको आधारमा भन्दा प्रिमियर लिग हाल प्रिमियर लिग जस्तो पक्कै छैन । यो लिग अल्छीलाग्दो बनेको छ। सायद यो पनि भन्न सकिन्छ, प्रिमियर लिगको आफ्नो यात्राको त्यो बिन्दूमा पुगेको छ, जहाँ पुर्नताजगीको आवश्यकता छ ।

कतिपयले तर्क यो पनि गर्न सक्छन्, जक कुनै लिग असाध्यै रणनीतिक बन्छ, तब खेलहरु रोमाञ्चित बन्न छाड्छन् । धेरैभन्दा धेरै समय गोल नखानुमा केन्द्रित हुनु, बल नियन्त्रणमा राख्नुभन्दा सकभर चाँडो चाँडो आक्रमण गर्नति लाग्नु, कर्नर र फ्रिकिकलाई गोल सम्भावनाको मुख्य स्रोत बनाउनु अहिलेको प्रिमियर लिगमा देखिएको चलन हो । रणनीतिमा बढी ध्यान दिने प्रशिक्षकहरुको संख्या बढ्नु र उनीहरुले माथि उल्लेखित चलनलाई आत्मसाथ गर्नुले पनि प्रिमियर लिगलाई पट्यारलाग्दो बनाएको हो ।

‘प्रिमियर लिगमा यसपालि जे भइरहेको छ, यो विश्व फुटबलमा भइरहेको परिवर्तनको उदाहरण हो,’ केही समयअघि एस्टन भिल्लाका स्पेनी प्रशिक्षक उनाई एम्रीले भनेका थिए । प्रिमियर लिग एक समय पेप ग्वार्डिओला र योर्गन क्पलको रणनीतिबीचको प्रतिस्पर्धा थियो। ग्वार्डिओला बल नियन्त्रणमा राखेर आक्रमण बुन्न् रणनीति बनाउँथे भने, क्लपको शैली ग्वार्डिओला शैलीको एन्टीडट थियो । अहिले आएर भने सबै टिमले उस्तै एकैखालको खेल्न थालेका छन् ।

शैली र रणनीतिमा भिन्नता नभएपछि प्रिमियर लिगमा टिमहरुको उदेश्य विपक्षीको गल्तीलाई उपयोग गर्ने मुख्य योजनाका साथ मैदानमा उत्रन्छन् ।

प्रिमियर लिगमा लगभग सबै क्लब प्रेस त गर्छन् तर लगत्तै रक्षात्मक आकारमा बसिहाल्छन् । उनीहरुको ध्यान विपक्षीले कतिबेला गल्ती गर्छन् र त्यसको फाइदा उठाएर आक्रमण बुनौँ भन्नेमा हुन्छ । बल नियन्त्रणमा राखिहाले त्यो आक्रमण बुन्नका लागिभन्दा पनि केहीबेर खेलमा आराम गर्नका लागि प्रयोग हुन्छ। एम्रीले भनेझैँ प्रिमियर लिगका सबै टिमहरु म्यान टु म्यान मार्क गरेर खेल्न थालेका छन् । र, आक्रमणका लागि तीब्र गतिको उपयोग गरिरहेका छन् । ठ्याक्कै यही शैली मार्सेलो बिएल्साले पाँच वर्षअघि लिड्स युनाइटेडमा उपयोग गरेका थिए । त्यसबेला लिड्सको खेल शैलीलाई प्रिमियर लिगमा अलग्गै ग्रहबाट ल्याइएको रणनीति हो कि भनेझैँ गरिन्थ्यो ।

शैली र रणनीतिमा भिन्नता नभएपछि प्रिमियर लिगमा टिमहरुको उदेश्य विपक्षीको गल्तीलाई उपयोग गर्ने मुख्य योजनाका साथ मैदानमा उत्रन्छन् । लामो बल, लामो थ्रो, फ्रिकिक, कर्नरलाई गोल गर्ने अवसरका रुपमा उपयोग गर्नुपर्छ भन्ने मानसिकता त छँदैछ । यहीकारण गोल संख्या मात्र होइन गोल गर्न गरिने प्रहारको दरमा पनि काफी गिरावट आएको हो । यसको सीधा असर खेलले सिर्जना गर्ने रोमाञ्चमा परेको छ ।

‘यदि विपक्षी टिमले आफ्ना खेलाडीलाई रक्षात्मक क्षेत्रमै राखेर खेल्ने गर्ने हो भने, मैले मेरा खेलाडीलाई विपक्षीले रक्षापंक्तिबाट बिल्डअप गर्दै आक्रमण बुन्छन् भनेर सम्झाउनै पर्दैन,’ लिभरपुलका प्रशिक्षक आर्ने स्लटले केही दिनअघि भनेका थिए । उनका अनुसार प्रिमियर लिगमा टिमहरु बल नियन्त्रणमा राख्दा पनि आक्रमण बुन्नेभन्दा केही भइहाल्छ कि भनेर मौका पर्खेर बस्ने गरेका छन् ।

स्लटले पटक पटक यसरी दिक्दारी पोखिरहेका छन् । उनले प्रिमियर लिग ‘लो ब्लक’ फुटबल खेल्ने चलन बढेको भनेर गनगन गरिरहँदा स्टिभन जेरार्ड लगायतले लिभरपुलका प्रशिक्षकलाई यो चलनबारे गुनासो नगर्न सुझाइरहेका छन् । तर प्रिमियर लिग पछ्याउने फुटबल प्रेमीहरु पनि एकमत छन्, यसपालि यो लिग हेर्न मज्जा आइरहेको छैन ।

यहीबीचमा न्युकासल युनाइटेडका प्रशिक्षक एड्डी हाउले आफ्ना खेलाडीहरु बढी डिफेन्डर राखेर खेल्ने टिमहरुसँग भिड्न नसकिरहेको बताएका छन् । चेल्सी छाड्नुअघि एन्जो मारेस्काले पनि टसमस नभई खेल्ने रक्षापंक्ति भएका टिमसँग कसरी भिड्ने भनेर प्रश्न गरेका थिए ।

प्रिमियर लिगमा अहिले जे भइरहेको छ, यसको कारण फगत प्रशिक्षकहरुको रणनीति मात्र होइन । न त प्रशिक्षकको व्यक्तिगत रणनीतिले मात्र लिगको इतिहास कोरिने हो ।

अहिले प्रिमियर लिगमा प्रयोग भइरहेको ‘मास डिफेन्स’ शैलीलाई कुनैसमय आन्द्रे भिलास बोएसले ‘लो ब्लक’ भन्ने गर्थे । लो ब्लक शब्द उनले प्रयोग गर्न थालेपछि प्रिमियर लिगमा प्रख्यात बनेको हो। हुन त यो शब्द उनले प्रतिपादन गरेका होइनन्, तर चेल्सीमा प्रशिक्षक रहँदाबखत प्रख्यात बनाएका भने हुन् ।

प्रिमियर लिगले भेट्रान मानेको स्टिभन जेरार्ड प्रिमियर लिगमा पहिलाबाटै लो ब्लक खेलिँदै आएको बताउँछन् । प्रिमियर लिग सन् २००० दशकको मध्यतिर जोसे मौउरिन्हो र राफा बेनिटेजबीचको प्रतिद्धन्द्धताका कारण रोमान्चित हुँदा उदाएका जेरार्ड भन्छन्, ‘हामी हुँदा पनि लिभरपुलविरुद्ध हरेक टिम लो ब्लक खेल्थे। यो नयाँ कुरा होइन ।’

सन् १९४६ मा इटालियन क्लब सालेरनिटानाको प्रशिक्षक हुँदा जिपो भियानीले अपनाएको शैलीलाई साटेनासियो भन्ने गरिन्थ्यो। उनको शैली अहिलेको लो ब्लकसँग मिल्दोजुल्दो थियो । मैदानको मध्यभागमा मिडफिल्डर र फरवार्डलाई जम्मा गरेर विपक्षीलाई चल्नै नदिने र रक्षापंक्तिलाई आफ्नो पेनाल्टी क्षेत्र घेराउ गर्न लगाउने उनको रणनीति हुन्थ्यो । अहिले आएर भइदियो के भने, विश्वकै महँगो लिगले पनि यही शैलीलाई सपक्कै अगाँल्यो। लिभरपुल, टोटनहम र न्युकासलले प्रिमियर लिगमाभन्दा च्याम्पियन्स लिगमा गतिलो खेल्नुले पनि यही पुष्टि गर्छ ।

प्रिमियर लिगमा अहिले जे भइरहेको छ, यसको कारण फगत प्रशिक्षकहरुको रणनीति मात्र होइन । न त प्रशिक्षकको व्यक्तिगत रणनीतिले मात्र लिगको इतिहास कोरिने हो । जे जस्तो परिवर्तन देखिन्छ, यसको कारण सामग्री, संरचना र प्रविधिको विकास पनि हुन् ।

उदाहरणका लागि, एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने नियम नआएको भए, कुनै टिम पूरै खेल उत्तिकै रक्षात्मक खेल्नसक्ने अवस्था रहँदैन थियो । चेल्सीका नयाँ प्रशिक्षक लियाम रोसेनियरका अनुरसार लो ब्लक खेल्ने टिमलाई ध्वस्त बनाउन उसको ढोकामा लात्ति हानिरहनु पर्छ । तर त्यो ढोका नै बारम्बार बलियो बनाउन पाइने भएपछि कसले लातले ढल्ने ?

अन्य शब्दमा भन्दा प्रिमियर लिग प्रशिक्षकहरुको नयाँ वा बलियो रणनीतिका कारण अहिलेको स्थितिमा पुगेको होइन। 

प्रिमियर लिगमा हाल सर्वाधिक संख्यामा अन्तर्राष्ट्रिय खेलाडी छन् । विभिन्न राष्ट्रिय टिमका लागि खेल्ने खेलाडीको संख्या अहिलेसम्मकै बढी हुनुले लिगमा खेलाडीको स्तर उकालो लागेको भन्न कर लाग्छ । यस्तोमा यी खेलाडीले खेला कमभन्दा कम गल्ती गर्छन् । खेलमा गल्ती कम भएपछि सजिलै गोल हुने सम्भावना स्वतः कम हुने भयो ।

फेरि तथ्यांकको उच्चतम उपयोग हुने गरेका कारण पनि हरेक टिम विपक्षीबारे अत्यधिक जानकार छन् । स्पोर्ट साइन्समा भएको सकारात्मक बद्लावको असर पनि प्रिमियर लिगमा पर्ने भइहाल्यो। जसकारण लिगमा कमजोर मानिने टिम पनि बलियो ‘सेप’ मा छन् ।

अन्य शब्दमा भन्दा प्रिमियर लिग प्रशिक्षकहरुको नयाँ वा बलियो रणनीतिका कारण अहिलेको स्थितिमा पुगेको होइन। बरु उनीहरुको नियन्त्रणमा नरहेका कयौँ पक्षका कारण प्रिमियर लिगमा पुरानो शैलीले नयाँ जीवन पाएको हो । यसकारण पनि प्रिमियर लिगको फुटबल यस्तो युद्धमा परिणत भएको छ, जहाँ हरेक पक्षका सैनिक यति स्वस्थ्य र बलिया छन् कि भिडन्त हुँदा कसैको केही क्षति हुँदैन ।