काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग ३–२ ले स्तब्ध बनेको छ । आइतबार राति शीर्ष स्थानको आर्सनल पराजित भएपछि उपाधि होड खुल्ला भएको छ ।
यो खेलमा आर्सनल जितेको भए ७ अंकको अग्रता बनाउने थियो । अब भने मात्र चार अंकको अग्रता भएको छ ।
दोस्रो स्थानमा रहेको सिटीको ४६ अंक हुँदा आर्सनलले ५० अंक छ । एष्टन भिल्लाको पनि ४६ अंक नै छ ।
आर्सनल आफ्नो घरमा यो सिजनकै पहिलो हार बेहोर्न बाध्य भयो । युनाइटेडको जितमा म्याथ्येस कुन्हाले निर्णायक गोल गरे । यसअघि ब्रायन एमबुइमो र प्याट्रिक डोर्गुले समान एक गोल गरेका थिए ।
आर्सनलको लागि माइकल मेरिनोले एक गोल गरेका हुन् । लिसान्द्रो मार्टिनेजले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा अग्रता बनाएको थियो ।
राति नै भएको अन्य खेलमा एष्टन भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले हरायो । चेल्सी क्रिस्टल प्यालेसमाथि ३–१ ले जित निकालेको छ ।
